Websoft University

कम्पनीले ७ लाख ६ हजार २ सय ८६ कित्ता शेयर निष्कासन गर्यो

 


काठमाडौ साउन २५ गते । रातो तारा डट कम,मैलुङ्ग खोला जलविद्युत आयोजनाको साधारण शेयरको बाँडफाँट मङ्गलबार बिहान ९ः०० बजे हुने भएको छ ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले मङ्गलबारका लागि शेयर बाँडफाँटको मिति तय गरेको हो । कम्पनीको आईपीओमा २१ लाख १८ हजार ९ सय २५ जनाले आवेदन दिएका थिए । कम्पनीले ७ लाख ६ हजार २ सय ८६ कित्ता शेयर निष्कासन गरेकोमा २ करोड ८५ लाख ४१ हजार कित्ता शेयरको माग गर्दै आईपीओमा आवेदन परेको बताइएको छ । 

यो संख्या मागभन्दा ४१ प्रतिशतले बढी हो । आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई ३ लाख ६८ हजार १ सय ४४ कित्ता शेयर बिक्री गरी बाँडफाँटसमेत गरिसकिएको छ । रसुवा जिल्लामा विद्युत उत्पादनको काम गरिरहेको कम्पनीको जारी पुँजी ३६ करोड ८१ लख ४३ हजार रुपैयाँ रहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.