Websoft University

चोैधरी हत्या काण्डका अभियुक्तलाई प्रहरीले सार्वजनिक गर्दै

 


गाईघाट ३२ साउन । रातो तारा डट कम,घरबार बिगारेको भन्दै कक्षा १० मा पढने १६ वर्षिया कृशला चौधरीको हत्या भएको रहस्य खुलेको छ । प्रहरीले सोमबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरेर उक्त घटनामा संलग्न २ जना लाई सार्बजनिक गरेको हो ।

कृशला संग चिनजानका सप्तरीको सुरुङगा नगरपालिका १ का २७ वर्षिय उचित लाल सदा र सोही ठाउका २३ वर्षिय बिषे सदाले उनको हत्या गरेको प्रहरीले जनाएको छ । आफनो घरबार बिगारेकोले कृशलाको हत्या गरेको उचित लालले प्रहरी समक्ष बयान दिएकाछन । उनले दोसा्रे श्रीमती लाई कृशलाले आफु बाट छुटाए पछि घरबार  बिग्रिएको भन्दै पहिले देखी नै हत्या गर्ने योजना बनाएको खुलेको छ । सोही कारण उचितले उनको हत्या गरेको स्वीकार गरेकाछन । “कृशला र उनको श्रीमती मिल्ने साथि रहेछन । ”श्रीमतीले आफु लाई छोडेर अन्यत्र  गए पछि त्यसको सबै दोष उनले मृतक किशोरी लाई लगाउदै आएको रहेछ।” अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृत ले भने । साउन १३ गते घर बाट निस्कीए संगै ३ वजे दिउसो देखी कृशला उनीहरु (अभियुक्त)संगै रहेका थिइन । सोही दिन राती १० वजे तिर उनको हत्या गरी राजदेवी सामुदायिक बन रातमाटे खहरे खोलामा रुखको मुनी ढुङगा माटोले पुरेर शव लुकाएर राखेको प्रहरी समक्ष उनीहरुले स्वीकार गरेकाछन । “कृशला लाई पहिला एक जना ले लडाएको र अर्कोले छातीमा थिचेर मुडकी प्रहार गरेर हत्या गरेकारहेछन ।” जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपि चन्द्रदेव बोहराले बताए । उनले अभियुक्तले एसिड प्रहार र बलात्कार भने नगरेको अनुसन्धान बाट खुलेको बताए । प्रहरीले उक्त घटना काण्डको रहस्य पत्ता लगाउन १ सय भन्दा बढी लाई सोधपुछ र नियन्त्रणमा लिएर अनुसन्धान गरेको एसपि बोहराले बताए । त्रियुगा नगरपालिका ६ मोहनपुरका प्रेम कुमार चौधरीकी कान्छि छोरी कृशला साउन १३ गते देखी घर परिवार बाट सम्पर्कविहीन थिईन ।साउन १९ गते उनको शव  सडेगलेको अबस्थामा सामुदायिक वनमा भेटीएको थियो । उक्त घटनाको सडक र सदनमा समेत ब्यापक रुपमा बिरोध भएको थियो । 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.