Websoft University

महासंघको कोराना राहत कोष’ का लागि तीन लाख रकम सहयोग प्राप्त

 


काठमाडौ साउन २९ गते । रातो तारा डट कम,  नेपाल पत्रकार महासंघले कोरोना सक्रंमित पत्रकारलाई सहयोग पु¥याउने उद्देश्यले स्थापना गरेको ‘कोराना राहत कोष’ का लागि अष्ट्रेलियाको सिड्नीस्थित अष्ट्राटेक प्रा। लि।का तर्फबाट रु.३०००००।–(तीन लाख) सहयोग प्राप्त भएको छ ।

अष्ट्राटेक प्रा. लि. का फाउण्डर तथा एनआरएनए अष्ट्रेलियाका एसीसी सेक्रेटरी(एनएसडब्लु) इा.विनोद कुँवरमार्फत प्राप्त भएको उक्त रकम आज एक कार्यक्रमका बीच महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टलाई अष्ट्राटेक प्रा. लि. का नेपालस्थित कार्यालयका प्रतिनिधि सैलेश शाँखीले हस्तान्तरण गर्नुभएको हो ।

सो अवसरमा कार्यवहाक अध्यक्ष विष्टले कोराना संक्रमति पत्रकारका लागि सहयोग पु¥याउन महासंघले सञ्चालन गरेको अभियानमा सहयोग गर्नुभएकोमा एनआरएनए अष्ट्रेलियाका एसीसी सेक्रेटरी ९एनएसडब्लु० इ। विनोद कुँवरसहित नेपाल प्रतिनिधि शाँखीलाई हार्दिक धन्यवाद व्यक्त गर्नुभयो । उहाँले सहयोगले नेपाली पत्रकारप्रतिको विश्वास र स्नेह प्रकट भएको बताउँदै समस्या परेका पत्रकारहरू राहत पुग्ने बताउनु भयो । उहाँले प्राप्त सहयोग लक्षित पत्रकारहरूसम्म पारदर्शी ढङ्गबाट सहयोग गरिने बताउनु भयो । का।वा। अध्यक्ष विष्टले भविष्यमा पनि अष्ट्राटेक प्रा। लि। सँग सहकार्य गरी अगाडि बढ्ने बताउँदै थय सहयोग र सहकार्यको अपेक्षा रहेको बताउनु भयो ।

रकम हस्तान्तरण कार्यक्रममा महासंघका केन्द्रीय सदस्य शिवराज तिमिल्सिना र लेखा समिति सदस्य मुकुन्दप्रसाद भण्डारीको उपस्थिति रहेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.