Websoft University

लागूऔषध गाँजा सहित दुई जना पक्राउ

 


मोरङ, श्रावण-१८ गते । रातो तारा डट कम,उदयपुर बेलका नगरपालिका ८ कोठू स्थितबाट लागूऔषध गाँजा सहित दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा भोजपुर हचुवागढी गाऊपालिका ८ का २६ बर्षीय नबिन्द्र राई र २३ बर्षीय हेम राज राई रहेका छन् । हिजो बेलुका साढे ५ बजे ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिला र अस्थाई प्रहरी पोष्ट कोठूबाट खटिएको प्रहरी टोलीले को१ज ४५९ नम्बरको बुलेरोलाई चेकजाँच गर्ने क्रममा बोलेरोको हुडमा २ वटा कपडाको झोलामा ४ केजी २०० ग्राम लागूऔषध  गाँजा फेला पारेको थियो । गाँजा फेला परे पश्चात सोधपुछ गर्दा उक्त गाँजा नबिन्द्र र हेमराज राईको खुल्न आएसगै उनहरुलाई पक्राउ गरि ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलामा लगी थप अनुसन्धान भईरहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.