Websoft University

४ दिनमै २०७ जना फरारी प्रहरीको फन्दामा



कपिलवस्तु। कपिलवस्तु प्रहरीले सकृय रुपमा फरार पक्राउ कार्यक्रमलाई सुरुवात गरेको दिन भित्रमै २०७ जना फरार प्रतिवादिहरु पक्राउ गरेको छ। फरार पक्राउ कार्यक्रम (Fugitive Arrest Program) FAP को सुरुवातीको दिनमै २०७ जना विभिन्न मुद्दामा फरार रहेका प्रतिवादीहरु पक्राउ गरिएको हो।

गत . ०७७/७८ भरिमा जम्मा १४१ जना फरार पक्रिएकोमा त्यसको डेढ गुणा बढि फरार बितेको दिनमै पक्रिन सफल भएको प्रहरीले जनाएको छ। जसमा गत २६ गते मंगलबार मात्र ८१ जना, २७ गते बुधबार-७४ जना, २८ गते बिहिबार-२२ जना २९ गते शुक्रबार ३० जना गरि २०७ जनालाई प्रहरी फन्दामा ल्याईएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एस पि दान बहादुर कार्किले जानकारी दिनुभयो

लुटपिट जालसाजि मुद्दामा २०५९/०२/१६ गते २०५९/०३/३१ गतेको फैसलाले दोषि ठहरिएका जनालाई फैसलाको १९ बर्षपछि पक्राउ गरि सजाय भुक्तानको लागि कपिलवस्तु जिल्ला अदालतमा उस्तीत गराईएको डि एस पि धर्मराज भण्डारीले बताउनुभयो। बिहिबार सबारी ज्यान- जना, लुटपिट- जना, जालसाजि- जना, बनपैदवार, अंश, कुटपिट आदि गरि २२ जना पक्रिएको डि एस पि भण्डारीले बताउनुभयो

त्यस्तै बिहिबार नै १० बर्षदेखि सवारी ज्यान मुद्दामा फरार रही बर्ष महिना १८ दिन कैद बाँकि रहेका बाणगंगा पा ०२ का सुरज बेल्बासे पनि पक्राउ परेका हुन्। त्यस्तै वन समम्बन्धि कसुर गरि जनहि वर्ष कैद २४,७०७ जरिबाना फैसला भएर बर्षौँदेखि फरार बाणगंगा पा का जितराम थारु कृष्ण थारुलाई पनि पक्राउ गरिएको प्रहरी निरीक्षक दिनेश गुरुङले जानाकारी दिनुभयो। साथै बिहिबार जम्मा वर्ष १० महिना १९ दिन कैद भुक्तान १लाख हजार सय ६५ रुपैयाँ जरिवाना असुलउपर गरिएको

त्यस्तै शुक्रबार ३० जना फरार प्रतिबादी पक्राउ गरि सजायँ भुक्तानको लागि उपस्थित गराईएको छ। जालसाजी-२जना , सवारी ज्यान- जना, लागू औषध- जना, कुटपिट -१३ जना आदि गरी विभिन्न मुद्धामा फरार रहेका ३० जना प्रतिवादी पक्राउ गरिएको हो। शुक्रबार सबैभन्दा बढी पक्रनेमा क्रमश: वडा प्रहरी कार्यालय चन्द्रौटा, ईलाका प्रहरी कार्यालय गोरुसिङगे, कृष्णनगर, पिपरा, गणेशपुर पकडी रहेका छन्। जिल्लामा काम गर्ने उत्प्रेरणायुक्त प्रतिस्पर्धात्मक वातावरण सृजना भएपश्चात फरार पक्राउमा सकृयता आएको प्रहरी निरिक्षक शंकर आचार्यले जानकारी दिनुभयो

गत . २०७७/७८ को तुलनामा डेढ गुणा बढि फरार दिनमै पक्रिनको रहस्य के हो भन्ने हाम्रो प्रश्नमा एस पि दान बहादुर कार्कि भन्नुहुन्छ "प्रहरीको मुख्य काम नै ऐनमा उल्लेख भएअनुसारको शान्ति सुरक्षा कायम गर्नु हो। प्रहरीले खास प्रहरी कार्य गर्दा यस्तो सफलता देखिएको हो।

 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.