Websoft University

रोकी राखेको टेम्पोमा रुख ढलेर एक जनाको मृत्यु, तिन जना घाईते

 


उदयपुर, श्रावण- २४ गते । रातो तारा डट कम, उदयपुर उदयपुरगढी गाऊपालिका ७ अधेरी  स्थितमा रोकी राखेको टेम्पोमा सखुवाको रुख ढलेर किच्दा टेम्पुमा बसेकी एक जना महिलाको घटनास्थलमानै मृत्यु भएको छ भने तिन जना घाईते भएका छन् । मृत्यु हुनेमा कटारी नगरपालिका ४ कि ३८ बर्षीय निशा दनुवार रहेकी छन् । हिजो दिउसो ३ बजे उनि आफ्नै श्रीमान् श्याम दनुवारसंग मोटरसाईकल चढी अधेरी झरना घुम्न गएकी थिईन् । सोही क्रममा उनि त्यही ठाँउमा रोकी राखेको प्र२-०१-००१ह०५६० नम्बरको टेम्पोमा गएर बसेकी बेला रुख ढलेर टेम्पुलाई किच्दा उनको घटनास्थलमानै मृत्यु भएको थियो । उक्त रखले टेम्पु नजिकै रहेका कटारी ४ की २७ बर्षीय मिना दनुवार, कटारी ५ का टेम्पु चालक ४८ बर्षीय  कुमार तामाङ र मृतककै श्रीमान समेत घाईते भएका थिए । घाईते मध्ये मिना र कुमारको नोवेल अस्पताल विराटनगरमा उपचार भईरहेको छ भने मृतकको श्रीमान् श्यामको स्थानिय मेडिकलमानै उपचार भईरहेको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.