Websoft University

बाख्रा चराउन जंगल गएकाहरु माथि सेनाका जवानहरले कुटपिट गर्दा ३ जना शख्त घाइते


 गाईघाट ९ भदौ । रातो तारा डट कम,बाख्रा चराउन जंगल गएकाहरु माथि सेनाका जवानहरले कुटपिट गर्दा ३ जना शख्त घाइते भएकाछन । त्रियुगा नगरपालिका ३ भुल्के स्थीत सेनाको १८ नम्वर वाहिनी अड्डामा कार्यरत डिउटीमा रहेका जवानहरुको कुटपिट बाट स्थानीय ४० बर्षिय मोहमद इजराइल , २० वर्षिय रेतुन खातुन र ३४ वर्षिय मन्जु खातुन घाइते भएको मुस्लीम अनियन्ता नजवुल खातुनले बताइन । भुल्के सामुदायिक वन उपभोक्ता समुहको वन बाट बाख्रा चराउन घर तर्फ फर्कने क्रममा मंगलबार साझ डिउटीमा रहेको जवानहरु बाट उनीहरु कुटिएका थिए। प्रत्यक्षदर्सिहरु का अनुसार वाहिनी अड्डाको पुर्व घेरावेरा गरेको भन्दा बाहीर घास काटीरहेको वेला सेनाका जवानहरुले गालि गलौज गर्दै उनीहरु माथि कुटपिट गरेका थिए । कुटपिट बाट इजराइलको काखमुनी पिठयु र ढाडमा गम्भिर चोटपटक लागेको छ । उनको जिल्ला अस्पतालमा उपचार भैरहेको छ । स्थानियले कुटपिटको बिरोधमा साझ केहीबेर बाहिनी अड्डा अगाडी धर्ना समेत दिएको थिए । बाहिनी ले घटनाको आन्तरीक रुपमा छानबिन सूरु गरेको जनाएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.