Websoft University

पूर्व कप्तान पारस खड्काद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरे


काठमाण्डौ साउन १९ गते । रातो तारा डट कम,नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गर्नुभएको छ । सामाजिक सञ्जाल ट्विटरमार्फत खड्काले आज बिहान सन्यास लिएको घोषणा गर्नुभएको हो । नेपालका लागि खेल्नु आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धी रहेको उल्लेख गर्दै उहाँले अन्तर्राष्ट्रिय क्रिकेटरका रूपमा यात्रा टुङ्गिए पनि नेपाली क्रिकेटका लागि आफ्नो सपना भने  अझैँ बामे सर्दै गरेको उल्लेख गर्नुभएको छ । ‘मैदानभित्रका बितेका २० वर्ष जीवन रहुन्जेल मीठो यादका रूपमा रहनेछन् । हामी सबै मिलेर नेपाली क्रिकेटलाई नयाँ उचाइमा पु¥याउन सक्छौँ भन्ने विश्वास लिएको छु ।’ पारस खड्काले लेख्नुभएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.