Websoft University

नेकपा समाजवादीद्वारा विराटनगरमा पेशाकर्मीको भेला


विराटनगर । रातो तारा डट कम,नवगठित नेकपा (एकीकृत समाजवादी)ले केन्द्रमा पार्टी दर्ता भए लगत्तै आफ्नो गतिविधि तीब्र बनाएको छ ।

उक्त पार्टीले आफू समर्थित विभिन्न क्षेत्रमा कार्यरत पेशाकर्मीको विराटनगर महानगरपालिकाको भेला विराटनगरमा सम्पन्न गरेको छ । भेलालाई सम्बोधन गर्दै एकीकृत समाजवादीका केन्द्रीय सदस्य महेश रेग्मीले तत्कालिन पार्टी नेतृत्वले एकताका सबैढोका बन्द गरेकोले अर्कोपार्टी निर्माण गर्नु परेको बताए । उनले नेपालको कम्युनिष्ट पार्टीलाई एकलौटी कब्जा गर्ने, बद्नाम गर्ने एवम् समाप्त पार्ने कोशिस भएपछि आफूहरुले बाध्य भएर
विद्रोह गरेको बताए ।

नेकपा (एमाले)को पुनर्गठन गरी नयाँ पार्टी ‘नेकपा (एकीकृत समाजवादी)’ गठन गरिएको उनले बताए । नयाँ पार्टीले विगतका कमीकमजोरीलाई हटाउँदै समाजवादको यात्रामा अघि बढ्ने र जनताको पक्षमा सँधै लागिरहने उनको भनाइ थियो ।

भेलालाई पेशाकर्मीहरुको तर्फबाट हिक्मत बस्नेत, सञ्जु साह, भीम बस्नेत,
देवी पन्थी,  कोषराज न्यौपाने, डा. उद्धव पोखरेललगायत पार्टीका प्रदेश
कमिटी सदस्य मणि दाहाल,  लोचन रार्इ, मृत्युन्जय झा, जिल्ला कमिटीका
अध्यक्ष चन्द्रवीर राई,  महानगर अध्यक्ष पारुल क्षेत्री, अनेरास्ववियुका
सहअध्यक्ष वसिम आलमलगायतले पार्टी पुनर्गठन अभियानको पक्षमा विचार व्यक्त गरेका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.