Websoft University

ब्राउन सुगर सहित ६ जना पक्राउ

 


सुनसरी, भदौ-७ गते । रातो तारा डट कम, सुनसरीको छुट्टा छुट्टै स्थानबाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित ६ जनालाई पक्राउ गरेको छ । हिजो बेलुका ७ बजे बराहक्षेत्र नगरपालिका ३ बाङ्गे स्थितबाट ईलाका प्रहरी कार्यालय महेन्द्रनगर र १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर RIT समुहबाट खटिएको ‍प्रहरी टोलीले बिशेष सुचनाको आधारमा ब्राउन सुगर सुहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थान ६ का पुरुषोतम मेहता, २९ बर्षीय बिशाल बस्नेतसोही स्थान ९ का २८ बर्षीय पाथे चन्द्रबंशीर २८ बर्षीय जयन्त माईला रहेका छन् । प्र १-०२-०४४प ४५५६ र  प्र१-०२-०४२ प ४२२९ नम्बरको मोटरसाईकलमा सवार रहेका उनिहरुलाई  शंका लागी चेक जाँच गर्ने क्रममा मेहताको साथबाट ब्राउन सुगर ७ ग्राम ४३० मिलिग्राम फेला परेकोले दुवै मोटरसाईकल र चारै जनालाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय महेन्द्रनगरमा लगी थप अनुसन्धान भईरहेको छ ।

त्यस्तै सुनसरीकै धरान १० स्थित रहेको ड्रिमल्याण्ड होटलबाट ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले सप्तरी राजविराज नगरपालिका ११ का ३० बर्षीय वर्मदेव चौधरी र धरान ३ का २४ बर्षीय मो. नुरदिनलाई ब्राउन सुगर ३ ग्राम सहित पक्राउ गरि थप अनुसन्धान गरिरहेको छ ।

  

 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.