Websoft University

सोलु करिडोर १३२ केभी बिधुत प्रसारण लाईन बिस्तारको क्रममा मुआब्जा बिवाद स्थगित


गाईघाट १९ साउन । रातो तारा डट कम,सोलु करिडोर १३२ केभी बिधुत प्रसारण लाईन बिस्तारको क्रममा मुआब्जा बिवाद ले एक महिना देखि स्थानिय बासिन्दा द्धारा जारी आन्दोलन स्थगीत भएको छ। उदयपुरको कटारी नगरपालिका को मरुवा क्षेत्र भित्रका बिधुत प्रशारण लाईन को टावर निर्माण मा आयोजनाले चर्चेको जग्गाको मुआब्जा पुन मुल्याङकन गर्ने सर्तमा आन्दोलनको सबै कार्यक्रमहरु स्थगीत भएको हो । आन्दोलन पक्ष र प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाई, कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ , सोलु कोरिडोर आयोजनाका प्रतिनिधि जनार्दन गौतम को उपस्थीतीमा सोमबार भएको १० बुदे सहमती पस्चात आन्दोलनको सबै कार्यक्रमहरु फिर्ता लिने निर्णय भएको नगरपालिका प्रमुख श्रेष्ठले बताए । जिल्ला प्रशासन कार्यालय उदयपुर मार्फत २०७८ असार ३० गते गृह मंत्रालयमा कटारी नगरपालिका ले प्रति धुर २ लाख  ५० हजार मुल्य मुआब्जा वापत उपलब्ध गराउन सिफारीस गरेकोमा सो लाइ आधार लिने सहमती भएको छ । प्रशारण लाईनको तारमुनी पर्ने जग्गाको २० प्रतिशत मुल्याङकनको आधारलाई बढाएर ८० प्रतिशत पु¥याउने सम्बधित मंत्रालयमा पुन अनुरोध गर्ने सहमति गरीएको छ । त्यसैगरी प्रशारण लाईन निर्माणको क्रममा खेतियोग्य जमिनमा लगाईएको बालि नाली नष्ट भएको हुदा क्षतीको बिबरण संकलन गरी नगरपालिकाको सिफारीसमा पिडित परिवार लाई तत्काल आयोजना कार्यालयले क्षतिपुर्ति वापतको रकम उपलब्ध गराउनु पर्ने सहमती भएको छ । त्यसैगरी मरुवा माविमा रहेको सुरक्षाकर्मिहरु लाई साउन २० गते भित्र अन्यत्र सार्नु पर्ने लगायतका बिषयमा सहमति भएको छ । स्थानियको आन्दोलनले निर्माणधिन प्रसारण लाईनको काममा भएको ढिलाईले राष्ट्रिय प्रसारण लाइनमा जोडिन ढिलाई हुदा गत २० माघ २०७६ देखी ब्यावसायिक उत्पादन थालेको सोलु  खोला जलबिधुत आयोजनाको २३.५ मेगावाट बिधुत मध्ये ४.५ मेगावाट बाहेक सबै बिजुलि खेर गईरहेको छ । सन २०१६ सेप्टेम्बर २५ मा ३० महिना भित्र निर्माण सम्पन्न गरी सक्नु पर्ने भए पनि स्थानियको काममा अबरोधले छैठौ पटक म्याद थप गरीको छ । २०७२ चैत मा भारतिय मोहन इनर्जी कम्पनि संग बिधुत प्राधिकरणले बिधुत प्रसारण लाईन निर्माणको ठेक्का संझौता गरेको थियो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.