Websoft University

भूमी संवन्धि समस्या समाधान आयोग खारेजीको निर्णय फिर्ता लिन माग

 


विराटनगर, ३२ साउन । रातो तारा डट कम,मानव अधिकार एलाइन्स मोरङले भूमी संवन्धि समस्या समाधान आयोग खारेजीको निर्णयले आवासको हक, दलितको हक र सामाजिक न्यायको हकको सुनिश्चिततालाई अन्यौलता तर्फ लगेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । 

आज प्रधानमन्त्री शेरबहादुर देउवालाई जिल्ला प्रशासन कार्यालय मोरङ मार्फत ज्ञापनपत्र बुझाउँदै भूमी संवन्धि समस्या समाधान आयोग खारेजीको निर्णयले मानव अधिकार र सामाजिक न्याय विरुद्धको कार्य भएको भन्दै निर्णय तत्काल फिर्ता लिई भूमीहिन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीका आधारभुत मानव अधिकारको सम्मान गर्न माग गरिएको छ । मानव अधिकार एलाइन्स मोरङमा आबद्ध इन्सेक, नेपाल भूमीहिन सुकुम्वासी संगठन, नेपाल उत्पिडित जातिय मुक्ती समाज सहितका २१ वटा सामाजिक संस्थाका तर्फबाट  मानव अधिकार एलाइन्सका केन्द्रीय सदस्य अर्जुनराज अधिकारी, मोरङ अध्यक्ष खिलाराज निरौला लगायतले सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेललाई ध्यानाकर्षण गराउनु भएको थियो । 

एलाइन्सले दार्जुला जिल्लाका जयसिंह धामी महाकाली नदी तर्नेक्रममा भारतीय सुरक्षाकर्मीबाट तुईन काटी महाकाली नदमिा खसेको घटनाको छानवीन गर्नु माग गरेको छ । यस्तै स्थानीय तहमा पीसीआर परीक्षण गर्ने तथा महामारी फैलन नदिन प्रभावकारी कार्यका साथै खोपको सुनिश्चितता, संक्रमणकालिन न्यायलाई चाँडो व्यवस्थापन गर्न तथा दण्डहिनताको अन्त्यका लागि प्रभावकारी कदम चाल्न, अफगानस्तानमा भएका नेपालीहरुको सुरक्षामा शिघ्र ध्यान दिन एलाइन्सले माग गरेको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.