Websoft University

आज पनि वर्षा हुने


काठमाण्डौ साउन ४ गते । रातो तारा डट कम,हाल प्रदेश १, गण्डकी प्रदेश, बागमती प्रदेश  र  सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भईरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो पनि सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी , लुम्बिनी  तथा सुदूरपश्चचिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको  सम्भावना रहेको महाशाखाले जनाएको छ । सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । राति प्रदेश १, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चचिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको  सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.