Websoft University

सुन्दरहरैंचामा ड्रागन फल पाकेपछि किन्ने ग्राहकहरुको भीड

 

शिव भट्टराई,मोरङ साउन २ गते । रातो तारा डट कम, कृषि समचार-ड्रागन फल नेपालको लागि नौलो फलको रुपमा रहेको छ।नेपालमा भर्खरै यस फलले व्यवसायिकता पाउन थालेको छ।यसको ज्ञान र प्रविधिको प्रचार प्रसार गरेर किसानको सामु पुगेको यस फललाई सम्पूर्ण ग्राहकहरु माझ पुर्याउन लागि परेको छ मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ११ मा रहेको हरिमाया कृषि फर्म! 


क्यान्सर , सुगर , काेलेस्ट्राेल लगायतका विभिन्न राेगकाे लागि उपयुक्त रहेको यस फल अहिले जनमानसमा निकै चर्चामा आएको छ। नगरपालिकाको सहयोगमा गरिएको हरिमाया कृषि फर्मको ड्रागन फल खेतीमा पहिला पहिला प्रचार प्रसारको कमीले गर्दा कसरी खाने किन खाने भनेर कसैलाई पनि जानकारी नभएकाले गर्दा कोही पनि किन्न नआउने गरेकोले निकै चिन्तित बनेको बताउँछन् हरिमाया कृषि फर्मका प्रोप्राइटर रेणु प्रसाद श्रेष्ठ।


तर अहिले भने विभिन्न सञ्चार माध्यमबाट प्रचार प्रसार भएका कारणले कसरी खाने ,किन खाने भन्ने विषयमा सम्पूर्ण मानिसहरू जानकार भएका कारणले गर्दा ड्रागन फल किन्नको लागि हरिमाया कृषि फर्ममा मानिसहरूको घुइँचो लाग्ने गरेको उनी बताउँछन्। 


दिनदिनै विभिन्न ठाउँबाट ठूलो संख्यामा ड्रागन फल किन्न भनेर मानिसहरू आउने भएकाले सम्पूर्ण ग्राहकहरुलाई अपुग समेत हुने गरेको उनी बताउँछन्। यसै क्रममा यो फल स्वास्थ्यको लागि फलदायी हुने भएकाले सम्पूर्ण मानिसहरूको माझ पुर्याउनका लागि यसको खेती गर्न अति आवश्यक रहेको सुन्दरहरैंचा नगरपालिकाका कार्यपालिका सदस्य  भक्त किरण राई बताउँछन्। 

सात-आठ वर्षअघिसम्म धेरैलाई थाहासम्म नभएको ड्रागन फलको जिब्रोमै झुण्डिने स्वाद र बढ्दो बजार मागले व्यावसायिक खेती तर्फ आकर्षित भएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.