Websoft University

चौरीपालक कृषकलाई सामग्री

 


मोहन कुमार राई÷ आषाढ २८ गते । रातो तारा डट कम, संखुवासभा, राष्ट्रय पशुपञ्छी व्यवस्थापन तथा संरक्षण कार्यक्रम अन्तरगत मकालु गाउँपालिकामा चौरीपालक कृषकहरुलाई आवश्यक सामग्री वितरण भएको छ । 

उच्च हिमाली भेगका चौरीपालक कृषकहरुलाई पर्यटन सहितको व्यवसायिक वनाउने उद्धेश्यका साथ राष्ट्रिय पशुपन्छी स्रोत पर्वधन तथा व्यवस्थापन कार्यलयको विनियोजित बजेटबाट मकालु गाउँपालिकाका २१ चौरीपालक कृषकहरुलाई एक कार्यक्रमका वीच आवश्यक सामग्री हस्तान्तरण गरिएको भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र संखुवासभाका कार्यलय प्रमुख हिमाल पोखरेलले वताउनुभयो । चौरी पालक किसानहरुलाई छुर्पी प्रेसर मेसिन ४ थान, चिज मकिङ्ग मेसिन ४ थान, पनिर मेकिङ्ग मेसिन ४ थान, मिलक क्यान मेसिन २१ थान, दुध छान्ने स्क्यानर मेसिन २१ थान, दुध नाप्ने मेसिन २१ थान, रेनकोट २१ थान, सोलार सेट २१ थान वितरण गरिएको थियो । 

मकालु गाउपालिका चौरी पालक कृषक समुहका अध्यक्ष पासाङ्ग गाण्डुक भोटेको अध्यक्षतामा भएको सो कार्यक्रममा दूर्गमका कृर्षकलाई सेवा प्रदान गर्ने उद्देश्यका साथ यस किसिमको कार्यक्रम ल्याउन पाउँदा गौरव महशुस गर्नुहुँदै पञ्च वर्षे कार्यक्रम अन्तरगत यो पलिलो वर्षको कार्यक्रम रहेको समेत जिल्ला भेटनरी प्रमुख पोखरेलले वताउनुभयो । जिल्ला समन्वय समितिका अध्यक्ष एवं कार्यक्रमको प्रमुख अतिथि सुमन शाक्यले  हिमाली भेगका किसानलाई यस किसिमको सामग्री उपलब्ध गराउनु भएकोमा जिल्ला पशु सेवा विज्ञ केन्द्र संखुवासभालाई धन्यवाद दिनुभएको थियो । कार्यक्रममा राजनितिक दलका प्रतिनिधि नेकपा एमालेका मकालु गाउँकमिटिका भरत कटुवाल, नेपाली काँग्रेसका प्रतिनिध विमन पराजुली, जिल्ला भेटनरी कार्यलयका कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.