Websoft University

एमाले मोरङले वडा कमिटी र पालिकाको अधिवेशन गर्ने


विराटनगर, २६ असार । रातो तारा डट कम, नेकपा एमाले मोरङले वडा कमिटी र पालिका कमिटीको अधिवेशन गर्ने भएको छ । एमाले मोरङले १५९ वटा वडा कमिटीमा भदौ ५ गते र १७ वटै पालिकामा भदौ १५ गते अधिवेशन गर्ने निर्णय गरिएको स्कुल विभाग प्रमुख रुपेश खतिवडाले जानकारी दिनुभयो । 


एमाले मोरङ अध्यक्ष ऋषिकेश पोखरेलको अध्यक्षतामा आज बसेको जिल्ला कमिटीको बैठकले वडा कमिटी र पालिका कमिटीको अधिवेशन एकै दिन गर्ने तयारी गरिएको खतिवडाले बताउनुभयो । जनसंगठनहरुले भेला तथा अधिवेशनबाट नयाँ कमिटी निर्माण भदौ मसान्त सम्ममा गरिसक्नु पर्ने बैठकले निर्णय गरेको छ । जिल्ला कमिटी बैठकले २०७८ सालको सदस्यता नविकरण आगामी साउन १५ गते भित्रमा  गरिसकेर जिल्लामा नामावली र शुल्क बुझाई सक्नुपर्ने निर्णय गरेको छ । बैठकले विभिन्न पार्टीबाट आएका, विगतमा नेकपा हुँदा पार्टी सदस्य कायम भएका र एमालेमा रहेका सवैको पार्टी सदस्यता नविकरण गर्ने निर्णय गरेको स्कुल विभाग प्रमुख खतिवडाले बताउनुभयो । 

बाढी, पहिरोबाट हुन सक्ने जोखिमबाट बच्नका लागि आवस्यक सहयोग तथा स्वयंसेवकीय र संभावित जोखिमको रोकथाम र न्युनीकरणका लागि आवस्यक भूमिका निर्वाह गर्न जनवर्गिय संगठनहरु राष्ट्रिय युवा संघ, अनेरास्ववियु, टे«ड युनियन महासंघ र अनेमसंघलाई आवस्यक सहयोगका लागि जिम्मेवारी दिईएको छ । एमाले केन्द्रिय सदस्य तथा प्रदेश १ सचिव विनोद ढकालको प्रमुख आतिथ्यमा बसेको बैठकले आगामी भदौ भित्रमा सवै नागरिकलाई कोभिड १९ विरुद्धको खोप लगाउन संघीय सरकारसँग माग गर्ने निर्णय गरेको छ । यस्तै कोरोना संक्रमण तथा अन्य कारणबाट निधन भएका पार्टीका नेता कार्यकर्ताहरुमा श्रद्धाञ्जली तथा परिवारजनमा समवेदना पनि प्रकट गरेको स्कुल विभाग प्रमुख खतिवडाले बताउनुभयो । 

जिल्ला कमिटी बैठकमा नेता ढकालले एमालेमा समानान्तर गतिविधि गरिरहेको समूहलाई अन्य पार्टीसँग गठबन्धन टुटाउन आग्रह गर्नु भएको छ । अन्य पार्टीसँगको गठबन्धन टुटाए एमाले एकताबद्ध हुने उहाँले बताउनुभयो । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.