Websoft University

जथाभाबि खर्च गर्न थाले पछि, स्थानीय तहलाई अर्थको निर्देशन


काठमाण्डौ असार २५ गते । रातो तारा डट कम,अर्थ मन्त्रालयले बजेट पास नगरी रकम खर्च नगर्न सबै स्थानीय तहलाई निर्देशन दिएको छ । कतिपय स्थानीय तहले बजेट नै पेस नगरी बजेट खर्च गरेको भन्दै अर्थ मन्त्रालयले बजेट पास नगरी खर्च गर्न नपाइने प्रावधानबारे सचेत गराएको हो । समयमै बजेट ल्याउन नसक्ने स्थानीय तहलाई आगामी आर्थिक वर्षको वित्तीय हस्तान्तरणमा कार्यसम्पदान मूल्याङ्कनमा कम अङ्क दिने गरिन्छ । जसले गर्दा उनीहरुले संघबाट प्राप्त गर्ने अनुदान प्रभावित हुन जान्छ । अर्थ मन्त्रालयको वित्तीय संघीयता समन्वय महाशाखाले बजेट पास नगरेका स्थानीय तहलाई पत्र लेख्दै समयमै बजेट पेश गरी पास गर्न भनेको छ । बजेट पास गरेपछि मात्र खर्च गर्न अर्थले सचेत गराएको छ । यसको विवरण स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणालीमा प्रविष्ट गर्न समेत अर्थले स्थानीय सरकारहरुसँग आग्रह गरेको छ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.