Websoft University

बैकल्पिक माध्यमबाट पठन पाठन गर्न ५० स्थानमा फ्रि वाईफाई


मोरङ बेलबारी साउन ४ गते । रातो तारा डट कम, कोरोना भाइरसका कारण बिद्यार्थीहरुको पठन पाठनमा असर पुगेपछि मोरङको बेलबारी नगरपालिकाले पठन पाठनलाई सहज बनाउन ५० स्थानमा फ्रि वाईफाई जडान गरेको छ ।

बैकल्पिक बिधिबाट पठन पाठन गर्न लागि सहजहोस भन्ने उदेश्यका साथ एउटा वडामा ४ ठाँउमा जडान गरीएको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए । फ्रि वाईफाई जडान भएपछि इन्टरनेट पहुच भन्दा बाहिर रहेको बिद्यार्थीहरुलाई पठन पाठनमा सहज हुने नगरपालिकाले विश्वास लिएको छ । 

नगरपालिकाका ५ वटा बिद्यालयलाई भर्चोवल कक्षाको हब बनाएर पठन पाठन गरीने नगरपालिका शिक्षा शाखाका प्रमुख भुपेन्द्र कोइरालाले बताए । ५ वटा बिद्यालयमा सबै बिद्यालयका शिक्षक शिक्षिका भेला भएर अनलाइनको माध्यम बाट सिकाइने कोइरालाको भनाई रहेको छ । 

यस्तै अझै पनि अनलाइनको पहुच नपुगेका बिद्यार्थीहरुका लागि सियुजि सिम उपल्बध गराईएको नगर प्रमुख सुवेदीले बताए । ससुवेदीका अनुसार उत्त ििसमकार्ड मार्फत एक जना शिक्षकले ६ जना बिद्यार्थीलाई एकै पटक पढाउन मिल्ने छ । उत्त सिमको प्रयोग वाट सामान्य खालका मोवाईल बाट समेत पठन पाठन गर्न मिल्ने नगरपालिकाको कार्यालयले जनाएको छ । 



 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.