Websoft University

कटुवाल हातेमालो एकता समाजले गर्यो मृगौला पिडितलाई सहयोग!

 


शिव भट्टराई,मोरङ। रातो तारा डट कम,कटुवाल हातेमालो एकता समाज नेपालको कार्यसमितिले मृगौला पिडितलाई सहयोग गरेको छ। उक्त संस्थाको


समितिका अध्यक्ष नगेंद्र बहादुर कटुवालको अगुवाईमा झापा स्थित मेचीनगरपालिका वडा न - ९ बस्ने मृगौला पिडित किरण कटुवाललाई ५०,००० सहयोग गरिएको छ।

दुइटै मृगौला फेल भइ जिवन मरणको दोधारमा रहेका किरणको जिवन बचाऊँनका लागी “कटुवाल एकता समाज यु ए इ बाट आएको सहयोग रकम रु ५०,०००(पचास हज़ार मात्र) किरण कटुवाल बचाऊँ अभियानका संयोजक  उद्धब बानिया ,कोषाधक्ष्य कुल बहादुर भट्टराई ,सदस्यहरू, कृष्ण बहादुर कटुवाल ,लक्ष्मी कटुवाल साथै किरण कै बहिनी लगायतको टीमलाई हस्तान्तरण गरिएको छ।

उक्त रकम हस्तान्तरण कार्यक्रममा कटुवाल हातेमालो एकता समाजका सचिब बल बहादुर कटुवाल, सहसचिब-सृजना कटुवाल, कोषाधक्ष्य नइंद्र बहादुर कटुवाल, सल्लाहकार-टिका कटुवाल, पत्रकार-शिब भट्टराई भोजपुरे लगायतको उपस्थिति रहेको थियो।

उक्त संस्थाले अगाडिका दिनहरूमा विभिन्न सामाजिक कार्यहरु गर्दै आएको र आउँदा दिनहरूमा पनी यस्तो कार्यलाई निरन्तरता दिने अध्यक्ष कट्वालले बताएका छन्।

कटुवाल एकता समाज यु ए ई लाई धेरै धेरै धन्यबाद दिदै पिडित किरणको उपचार भइरहेको र थप उपचारका लागि आर्थिक अभाव भएकाले अझै आगामी दिनमा आफ्नो साथ र सहयोग रहिरहने किरण बचाउ अभियानका संयोजक उद्धव बानियाँले बताएका छन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.