Websoft University

उपमेयर पराजुलीद्वारा अलपत्र परेका बृद्धाको उद्दार

 


मोरङ बेलबारी असार  १७ गते । रातो तारा डट कम,बेलबारी नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुलीले बेलबारीमा अलपत्र भेटिएका एक बृद्ध नागरिकको उद्दार गरेकी छिन्।आफ्नो नाम रामबहादुर राई र घर संखुवासभा बताउने ती बृद्धाले निशेधाज्ञाका कारण आफू अलपत्र परेको वताएका छन्।


विगत दुई महिना अघिदेखि बेलबारी ११ स्थित सुम्निमा चोकको विश्रामालयमा बसेर कष्टकर जीवन यापन गरिरहेका सङ्खुवासभा तुम्लिङटार माथ्लोटार घर बताउँने रामबहादुर राई दुई महिना अघिदेखि बेलबारीमा अलपत्र परेको थाहा पाएपछि आफूले समयसमयमा खाने बस्ने सहयोग गर्दैआएको उद्दारकर्तासमेत रहेका रोशन श्रेष्ठले बताए।बेलबारी ७ बाहुनी आफन्तकोमा आएको र आफन्त समेत घर छोडेर धेरै दिनसम्म नफर्किएपछि आफू अलपत्र परेको रामबहादुरले बताए।

 बेलबारी नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुलीले बृद्धा रामबहादुर आफन्तसँग सम्पर्क गराईदिएर घर पुग्न सहयोग गरिदिन आग्रह गर्दै आफ्नो घरमा रुँदै आएकोले उनको पहिचानका निम्ति आफूले अनेक प्रयत्न गरेपनि उनको परिवार र आफन्तहरुसँग सम्पर्क हुन नसकेको बताइन्।खाँदबारी नगरपालिकाका नगरप्रमुख,तुम्लिङटारका वडाध्यक्ष टिकाराम कुमालसँग आफूले टेलिफोनमार्फत पटकपटक बृद्धाको परिवार आफन्त खोजी गरि उद्दारमा सहयोग गर्न भनेपनि बृद्धाको पहिचान नखुलेपछि संरक्षणका लागि मानवसेवा आश्रम विराटनगरसँग समन्वय गरेर बेलबारी नगरपालिकाको व्यवस्थापनमाह आश्रम पठाएको उपमेयर पराजुलीले बताइन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.