Websoft University

स्थानियले शुक्रबार बिधुत प्राधिकरण गाईघाट घेराउ गरे

गाईघाट ८ साउन । रातो तारा डट कम,कर्मचारीको लापरवाहिले बिधुत महसुल जरीवाना सहित बुझाउन परेको भन्दै स्थानियले शुक्रबार बिधुत प्राधिकरण गाईघाट घेराउ गरेकाछन । मिटर रिडीङ गर्ने कर्मचारी समयमा मिटर रिडीङ गर्न नआउने कारण उपभोक्ताहरुले बिधुत महसुल बुझाउन जादा जरीवाना सहित तिर्नु परेको ले आफुहरु समस्यामा परेको गुनासो गरेकाछन ।

 “जेष्ठ महिनामा मिटर रिडीङ गर्न कुनै कर्मचारी नै आएनन । एकै चोटी असार ३१ गते कर्मचारी आएर मिटर रिडीङ गरे।” त्रियुगा नगरपालिका १२ का खुसिलाल ठाकुरले भने।“त्यसको भोली पल्ट नै महसुल बुझाउन जादा दश प्रतिशत जरीवाना समेत तिर्नु पर्याे ।” उनले भने । “मैले समय भित्रै महसुल तिर्न गए पनि छुट पाउन त कता हो कता उल्टै जरीवा्ना समेत तिर्नु पर्यो ।” ठाकुर ले भने । कर्मचारीले समयमा नै आएर मिटर रिडीङ गरेर बिल उपलब्ध गराउनु पर्नेमा त्यसो नगरेको उनले गुनासो गरे । 

ठाकुर जस्तै नगरपालिका क्षेत्रका एक सय बढि उपभोक्ता बिधुत प्राधिकरण बाट ठगिएकाछन । कर्मचारी समयमा नै बिलिङ गर्न नआउने ,बिलीङ गरेर गएको भोली पल्टै बिधुत महसुल बुझाउन जादा पनि दश प्रतिशत जरीवाना तिर्नु परेको पिडीतहरु को गुनासो छ । आफुहरु समस्या परेको भन्दै प्राधिकरणमा निकै पटक गुनासो राखेको भएप्िन कुनै सुनुवाई  नभए त्रियुगा नगरपालिका ४ बगाहाका अमृत राईले भने ।

 “हामि माथि ठगी भएपछि बाध्य भएर प्राधिकरण घेराउ गर्न जानु परेको उनले बताए । प्राधिकरण गाईघाट शाषाका प्रशासन अधिकृत देबी थुलुङग ले मिटर रिडर समयमा नै रिडीङ गर्न नगएकोले यस्तो समस्या आएको बताए । उनले ग्राहक को गुनासो आएकोले समयमा रिडीङ गर्न नजाने कर्मचारी माथि कार्यवाहि गरीने बताए ।






Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.