Websoft University

जोन्सन एण्ड जोन्सन खोप आज देखि लगाउन सुरु गर्ने


काठमाण्डौ साउन ४ गते । रातो तारा डट कम,नोबेल कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप अभियानअन्तर्गत आजदेखि अमेरिकाले अनुदानमा उपलब्ध गराएको जोन्सन एण्ड जोन्सन खोप लगाइँदै छ । यो खोप एक पटक मात्रै लगाए पुग्ने छ । आजदेखि पर्सिसम्म जोन्सन एण्ड जोन्सनको खोप लगाइने स्वास्थ्य तथा जनसङ्ख्याया मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले जानकारी दिनुभयो । जोन्सन एण्ड जोन्सनको खोप ५० देखि ५४ वर्ष उमेर समूहका, पहिलो खोप लगाउन बाँकी सबै तथा पूर्ण र अति अशक्त, अपाङ्गता भएका नागरिक र नेपालमा रहेका शरणार्थीलाई दिइँदै छ । आज बिहान १० बजेदेखि देशका विभिन्न स्थानमा खोप अभियान शुरु हुने सहप्रवक्ता डा. अधिकारीले बताउनुभयो । अधिकारीका अनुसार खोप अभियानका क्रममा प्रधामन्त्री शेरबहादुर देउवाले उपत्यका भित्रका खोप केन्द्रहरुको स्थलगत निरीक्षण तथा अनुगमन गर्नुहुने जानकारी दिनुभयो । प्रधानमन्त्री देउवाले नेपालअर्थोपेडिक अस्पताल, जोरपाटी, त्रिभुवन विश्वविद्ययालय, शिक्षण अस्पताल, महाराजगञ्ज, वीर अस्पताल, महावौद्ध तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानल लगायतका खोप केन्द्रको स्थलगत निरीक्षण गर्नुहुने छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.