Websoft University

त्रियुगा नदिको बन्दै गरेको पक्की पुलको तिन वटा स्ल्याव भत्कीएको थियो- फेरि तीन स्ल्याव बगाउनुका साथै केही अहिले पानीमा डुबेका छन।


श्याम राई-गाईघाट ४ साउन । रातो तारा डट कम,निर्माण कार्य अन्तिम चरणमा पुगेको त्रियुगा नदिको पक्की पुलको तिन वटा स्ल्याव भत्कीएको छ । असार १९ गते पहिलो पटक बाढीले पुलको पिलर बङग्याउनु को साथै स्ल्याव बगाएको थियो । शनीबार आएको बाढीले फेरी पनि तिन वटा स्ल्याब बगाउनुको साथै अर्काे स्पान पानीमा झारेको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका ५ सिवाई स्थीत त्रियुगा नदीमा बन्दै गरेको पुलको निर्माण कार्य अन्तिम चरणमा रहेको थियो । 
असार महिना भित्रै पुल हस्तान्तरण गर्ने कार्यक्रम थियो । तर त्रियुगा नदिमा आएको बाढिले पुल लाई क्षती पुग्ने गरी दुई पटक स्लाब भत्काउनुको साथै पिलर बङगाई दिएको छ । बाढिले पुल लाई क्षती पुगेकोमा स्थानिय गुणस्तहीन काम भएको बताउछन । “दुई पटक भत्की सक्यो ।अब आईरहने बाढीले अझै क्षती पु¥याउन सक्छ ।” सिवाईका समाजसेवी देबि नारायण चौधरीले भने । पुल गुणस्तर नहुदा बाढीले पटक, पटक क्षती पु¥याउने गरेको उनले बताए । पुल बन्ने ठाउको माटो परिक्षण र डिजाईन स्वाइल कन्सल्टेन्सी कम्पनी काठमाडौले गरेको हो । ठेकेदार कम्पनीले गलत स्टीमेट को कारण पुल लाई बाढीले क्षती पु¥याएको बताउदै आएकोछ । 

गाईघाट –दिक्तेल सडक आयोजना प्रमुख गोबिन्द प्रसाद खकुरेलले शनीबार बाढीले पुललाई क्षतीपु¥याएकोबताए । “बाढीले थप तीन वटा स्ल्याब झारेको छ ।”उनले भने । निर्माण सकेर बुझाउने बेलामा दुई पटक पुल लाई क्षती पु¥याएको उनले बताए । बाढीले असार १९ गते पुल लाई क्षती पु¥याए पछि भौतिक पुर्बधार तथा यातायात मंत्रालयले गठन गरेको छानविन समितीको बीज्ञ टोलीले क्षतीग्रस्त पुलको स्थलगत अध्ययन गरी फर्किएको तिन दिन नबिदै पुलको स्ल्याब बाढीले भत्काएको हो ।

 तीन बर्षमा सक्नु पर्ने पुल पटक,पटक म्याद थप हुदै १२ बर्ष बितिसक्दा पनि पुल निर्माण पुरा हुन सकेको थिएन । ९ करोड ७६ लाख रुपैयाको लागत इस्टिमेट मा ठेक्का लागेको भएपनि पुल निर्माणमा ढिलाई हुदा बर्षेनी मुल्य समायोजन हुदै गर्दा लागत बढेर ११ करोड २७ लाख रुपैया पुगेको आयोजना कार्यालयले जनाएको  छ। पुल निर्माणको काम महालक्ष्मी लोकप्रिय कन्ट्रक्सन जेभीले गरेको हो । उस्ले निर्धारीत समयमा काम नगर्दा करिब १ करोड रुपैया जरीवाना तिरीसकेको छ ।   


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.