Websoft University

एमालेको बैठक दिउँसो ३ बजेपछि सुरु हुने


काठमाण्डौ साउन ७ गते । रातो तारा डट कम, तीन दिनदेखि जारी नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । बैठक दिउँसो ३ बजेपछि सुरु हुने एमाले पार्टी कार्यालय सचिव शेरबहादुरतामाङले जानकारी दिनु   भयो । ललितपुरको च्यासलस्थित प्रतिष्ठानको कार्यालयमा बैठक बस्नेछ । 

बैठकमा पार्टी एकता बलियो बनाउने र आगामी दिनमा कसरी पार्टी सङ्गठनलाई सुदृढ बनाउने भन्ने बारेमा नै छलफल हुने उहाँले बताउनुभयो । हिजोको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै आन्तरिक एकताका लागि अन्तिम समयसम्म प्रयास गर्न आफू तत्पर रहेको बताउनुभएको थियो । 

पार्टीको नीतिविपरीत नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिने नेता माधवकुमार नेपालसहित २२ सांसद्लाई स्पष्टीकरण सोध्ने निर्णयअनुसार उनीहरूलाई हिजो नै पत्र पठाइएको र जवाफ आएपछि थप निर्णय गर्ने एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो । 

वरिष्ठ नेता नेपाल पक्षका सांसदहरूको हिजो बसेको बैठकले भने आफूहरू बिरुद्धका नाराबाजी रोकेर पार्टी एकताको पहल गर्न ओलीलाई अनुरोध गरेको छ । 






Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.