Websoft University

राष्ट्रिय गौरबको सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाईनको काम सुचारु

 


गाईघाट २४ असार । रातो तारा डट कम, स्थानियको अबरोधको कारण ३ बर्ष देखि रोकिएको निर्माणिधिन राष्ट्रिय गौरबको सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाईनको काम बुधबार देखी सुचारु भएकोछ । स्यानिय प्रशासनले ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर अबरुद्ध भएको आयोजनाको काम शुरु गरेको हो । कटारी नगरपालिका वडा न ४ मरुवा स्थीत मरुवा हरित सामुदायिक बन उपभोक्ता को अबरोधको कारण प्रसारण लाईन निर्माणको काम तिन बर्ष देखि रोकिदै आएको थियो ।स्थानियले आयोजना निर्माण हुदा सो क्षेत्रका १८ घर परिवार बिस्थापित हुने भन्दै प्रसारण लाईनको काममा अबरोध पु¥याउदै आएका थिए । कटारी नगरपालिका ४ का मरुवा ,सिम्ले , बर्मझिया गाउका पुरै बस्ती आयोजना को कारण बिस्थापित हुने अबस्थामा पुगेको नगरप्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताए । मरुवाका स्थानियले बिगत ३ बर्ष देखि सोलु कोरीडोर १३२ केभि डबल सर्किट प्रसारण लाईन को एलाईमेन्ट परिबर्तन गर्न माग राख्दै काममा अबरोध पु¥याउदै आएको नगरप्रमुख श्रेष्ठले बताए । तर उनिहरुले राखेको माग अझै पुरा हुन सकेको छैन । संघिय सासंद , जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि सम्मिलीत टोलीले प्रधानमंत्री कहा समेत एलाईमेन्ट परिवर्तन को लागी डेलीकेसन गएको तर कुनै काम नभएको उनले बताए । प्रमुख जिल्ला अधिकारी तुलसीराम सेठाईले स्थानीय ले काममा अबरोध नपु¥याउन भनेर सुरक्षाकर्मी परिचालन गरिएको बताए । “राष्ट्रिय गौरवको आयोजना तत्काल सुचारु गर्न कतै बाट अबरोध नहोस भनेर सुरक्षा प्रदान गरेका हौ।” उनले भने । प्रसारण लाईनमा जोडिन नसक्दा गत माध २० गते देखि ब्यबसायिक उत्पादन थालेको सोलुखुम्बु जलबिधुत आयोजना को २३ .५ मेगावाट बिधुत मध्ये ४.५ मेगावाट बाहेक सबै बिजुली खेर गईरहेको छ । सोलु करिडोरको म्याद स्थानीयको अबरोधले  छ पटक थप भैसकेकोछ ।  ३०२ वटा टावर बनाईस्क्नु पर्नेमा सो अबरोधले २ सय ९२ वटा टावर मात्र बनेको आयोजनाको. कार्यालयले जनाएको छ । सन २०१६ सेक्टेम्बर २५ मा ३ महिना भित्र निर्माण सम्पन्न गरी सक्नु पर्ने गरी भारतिय कम्पनि मोहन इनर्जी कम्पनी र बिधुत प्राधिकरण बिच ंप्रसारण लाइन निर्माणको ठेक्का संझौता भएको थियो । २०२१ मे मा काम सक्ने गरी आयोजनाको म्याद पाचौ पटक  थप गरिएको भएपनि फेरी ३ महिना को लागी समय थप गर्न लागेको आयोजना प्रमुख जनार्दन गौतमले बताए । उनले आयोजना क्षेत्रमा उत्पादीत बिधुत बाहीर लानको लागी १३२ केभि डबल सर्किट प्रसारण लाईन निमार्ण हुदै गर्दा स्थानिय बाट अबरोध हुदा तिन बर्ष देखी काम रोकिएको बताए । सिराहाको मिर्चैया देखि सोलुखुम्बुको तिङला सम्म ३०२ वटा टावर निर्माण गर्नु पर्नेमा स्थानियको अबरोधले २ सय ९२ वटा मात्रै फाउण्डेसनको काम सकिएको प्रमुख गौतमले बताए । बिवादित स्थल मरुवामा मात्रै १० वटा फाउण्डेसन निर्माण गर्नु पर्ने भएपनि बिवाद को कारण एउटा पनि फाउन्डेसन बन्न सकेको छैन । सिराहा देखी सोलु सम्म कुल ९० किलोमिटर दुरी रहेको करिडोरमा अहिले सम्म ७० किलोमिटरमा मात्र तार टागिएको छ  भने २० किलोमिटर मा भने बिवादले गर्दा तार टागीएको छैन । सोलुको पतालेमा २ किलोमिटर र बाकि १८ किलोमिटर क्षेत्र बिवादित मरुवा मा तार टाग्न बाकि रहेको छ । बिधुत प्राबिधिकरणले  सोलु करिडोरमा निर्माणधिन ३२५ मेगावाट बिधुत खरिद बिकी्र संझौता (पिपिए) गरीसकेकोछ । आयोजना अन्तर्गत उदयपुरमा मात्र १सय ४१ वटा मध्ये १० वटा टावर निमार्ण हुन बाकिछ । ओखलढुङगामा ११२ ,सोलुमा २४ र सिराहामा २५ वटा टावर ्िनर्माण भैसकेको आयोजना कार्यालयले जनाएकोछ । सोलुको तिन्ला देखि बेलीडाडा सम्म ४.५ किमी ३३ केभी डबल सर्किट प्रसारण लाइन निर्माण सकिएको छ । तिन्लामा १३२ ,३३ र ३३ र११ केभि सव स्टेशन निर्माण भई संचालनमा आएको छ । सिराहा बाट गएको ३३ केभि लाईन तिन्ला सव स्टेशनमा जोडिएकोछ । प्रसाण लाईन को काम सकिए पछि  प्राधिकरण संग बिधुत  खरिद संझौता (पिपिई) गरेका १२ जलबिधुत आयोजनाको ३ सय २५ मेगावाटको बिधुत राष्ट्रिय प्रसारणमा जोडिने आयोजना प्रमुख गौतमले बताए । त्यसैगरी निजि क्षेत्र बाट उत्पादित ८२ मेगावाटको तल्लो सोलु र २३.५ मेगावाटको सोलु खोला आयोजना पनि यहि प्रसारण लाइनमा जोडिनेछ । सोलु कोरिडोरमा सोलु १८ मेगावाट , जुनबेसी ५. २ मेगावाट , तल्लो सोलु ८२ मेगावाट , सोलुखोला २३.५ मेगावाट र सोलुखोला , दुधकोसी ८६ मेगावाट , जलबिधुत आयोजनाको बिजुली यही प्रसारण लाईनमा जोडिने छ । गत माघ २० गते ब्यबसायिक उत्पादन थालेको सोलुखोला जलबिधुत आयोजनाको २३.५ मेगावाट मध्ये ४.५ मेगावाट बाहेक सबै बिजुली खेर गईरहेको छ । 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.