Websoft University

जुवा खेलिरहेको अवस्थामा ११ जना जुवाडे पक्राउ

झापा, श्रावण २ गते । रातो तारा डट कम , झापा दमक नगरपालिका-७ हाटखोला स्थितबाट जुवा खेलिरहेको अवस्थामा ११ जना जुवाडे पक्राउ परेका छन । पक्राउ पर्नेमा झापा दमक-७ का ४० वर्षीय कर्ण वहादुर राई, ४४ बर्षीय गंगा पाठक, ४० बर्षीय राजन दाहाल रहेका छन । यसै गरी गौरादह-३ का ४२ वर्षीय दिनेश अधिकारी, ३४ वर्षीय अंकित कार्की, गौरादह-८ का ३८ वर्षीय ईन्दु कुमार राजवंशी रहेका छन । यस्तै  गौरादह-२ का ३२ वर्षीय निर्मल थापा, दमक-२ का ४२ वर्षीय राम वहादुर धिमाल, दमक-६ का ३३ बर्षीय विजय सिंह, सुनसरी ईटहरी-४ का ३५ बर्षीय विक्रम गुरुङ र ईटहरी १९ का २६ बर्षीय मिलन राई रहेका छन । हिजो बेलुका ६ बजे पक्राउ परेका मध्ये  कर्ण वहादुर राईको घरमा ठुलो रकमको बाजी राखी जुवा खेलिरहेको भन्ने बिशेष सुराकका आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको हो । जुवाको खालबाट प्रहरीले १६ थान कौडा र नगद २ लाख ८ हजार ९५ रुपैया समेत फेला पारी बरामद गरेको छ । पक्रउ परेका उनिहररु उपर जुवा ऐन अन्तरगत कानुनी कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.