Websoft University

आर्थिक पारदर्शिता तथा निष्पक्ष अपराध अनुसन्धान कार्यमा बिशेष जोड-प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी.


बिराटनगर, २०७८ असार २१ गते ।  रातो तारा डट कम,आर्थिक पारदर्शिता तथा निष्पक्ष अपराध अनुसन्धान कार्यमा बिशेष जोड दिईने प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी.ले बताउनु भएको छ ।

१ नम्बर प्रदेश प्रहरी कार्यालयको सभाहलमा आज दिउँसो भएको सञ्चारकर्मीहरु संगको भेटघाट कार्यक्रममा वाहाँले उक्त कुराबताउनु भएकोहो । आन्तरिक व्यवस्थापन तथा प्रहरी कर्मचारीहरुको मनोवल उच्च राखी प्रहरीको क्षमता बृद्धी गरी आर्थिक पारदर्शिता र कार्य प्रतिको जवाफदेहितामा बिशेष जोड दिईने पनी वहाँले बताउनु भयो ।

सञ्चारकर्मीहरुले राखेका बिबिध जिज्ञासाहरुको सम्बोधन गर्नुहुँदै वाँहाले विपद व्यवस्थापन लगायतका कार्यमा विशेष सकृयताका साथ लागी पर्दे, प्रहरी कति पनी बिचलित नभई आम नागरीकहरुको जिउ धनको सुरक्षामा सदैव अग्रपंत्तिमा रही रहने प्रतिबद्धता ब्यक्त गर्नु भयो । नागरीक मैत्री प्रहरीको अवधारणा अनुसार हरेक क्षेत्रका ब्यक्तित्वहरुसंग समन्वय गरी नागरिकलाई छिटो छरितो एवं पारदर्शी प्रहरी सेवा उपलब्ध गराउने कार्यमा दत्तचित्त भएर लागी पर्ने समेत वाहाँले जानकारी दिनु भयो । शुन्य शहनशिलताको अक्षरस पालना गर्दै बिबिध जनचेतनामूलक कार्यक्रमहरु संचालन गरी अनुसन्धान पद्दतीलाई प्रविधीमैत्री बनाउदै, प्रमाण र परिणाममूखी अनुसन्धान पद्धतीबाट १ नं प्रदेशका जनताहरुलाई प्रत्याभुत हुने गरी सुरक्षा व्यवस्था गर्ने कुरामा बिशेष जोड दिनु भयो । सिमावर्ती क्षेत्रबाट हुने अबैध चोरी तस्करी तथा सिमावर्ती क्षेत्रमा हुने बिबिध अपराधीक घटनाहरु नियन्त्रणमा बहुआयामिक तरिकाबाट कार्य गर्दै थप शसक्त रुपमा अगाढी बढ्ने पनी वाहाँले प्रस्ट पार्नु भयो । 
















गैह्र व्यावसायिक कार्य गरेमा क्षम्य नहुने ( प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि।सी।

बिराटनगर, असार २१ गते । 


१ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि।सी।ले प्रहरी कर्मचारीले कुनै पनि गैह्र व्यावसायिक कार्य गरेमा क्षम्य नहुने बताउनु भएको छ। नेपाल सरकार, गृह मन्त्रालय माननीय मन्त्रीस्तरको मिति २०७८ साल असार ७ गतेको निर्णयले १ नम्बर प्रदेश सरुवा भई पदभार ग्रहण गर्नु भए संगै  १ नम्बर प्रदेश  मातहत रहेका १४ वटै जिल्लाका प्रहरी प्रमुखहरुलाई भिडियो कन्फ्रेन्स मार्फत निर्देशन दिनुहुँदै वाँहाले उक्त कुरा बताउनु भएको हो । वाहाँले प्रमाणमूखी अपराध अनुसन्धानलाई जोड दिन, फरार अपराधीहरुको खोजतलास र पक्राउ गर्न, पुराना पेण्डिङ अपराधका मुद्दाहरुलाई प्राथमिकतामा राखी फर्छौटको लागि जोड दिन, हिरासत व्यवस्थापनमा बिशेष ध्यान दिन र लागु औषध ओसार पसार रोकथाम तथा नियन्त्रण गर्न तथा सिमावर्ती क्षेत्रबाट हुने अबैध चोरी निकाशी नियन्त्रणका लागी दत्तचित्त भएर लागी पर्न समेत निर्देशन दिनु भएको छ । प्रहरी महानिरीक्षक द्वारा जारी गरिएको प्रहरी कर्मचारीहरुको आचार संहिता सम्बन्धी कार्यादेश २०७७ को अक्षरस पालना गर्ने र राम्रो काम गर्ने प्रहरी कर्मचारीलाई तत्काल पुरस्कृत गर्ने तथा खराव आचरण प्रस्तुत गर्नेलाई तत्काल कारवाहि गर्न समेत निर्देशन दिनु भयो । वाहाँले कुनै पनि नागरिकलाई बिना झंझट प्रहरी सेवा प्राप्त गर्ने वातावारण बनाउने, नागरिक सहायता कक्षलाई अझ प्रभावकारी बनाउन, कन्ट्रोलमा खटिने प्रहरी कर्मचारीहरुले नागरिकहरु संग शिष्ट व्यवहार गर्ने र माथिल्लो कार्यालय र सम्बन्धीत कार्यालयको सम्पर्क नम्बर तथा प्रमुखको नम्बर स्पष्ट देखिने स्थानमा राख्न,  बर्षातको समय भएकोले बाढी, पहिरो डुवान लगायतका घटना हुने भएकोले उद्धार टोली र उद्धार सामाग्रीहरु सहित तयारी अवस्थामा रहन,  प्राकृतिक श्रोतसाधनको अवैध दोहन हुन नदिने तर्फ बिशेष चनाखो हुन तथा ऋइख्क्ष्म्(ज्ञढ को रोकथाम तथा नियन्त्रण तर्फ बिशेष  ध्यान दिई प्रहरी परिचालन गर्न समेत निर्देशन दिनु भएको छ । 






Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.