Websoft University

बेलका नगरपालिका वडा न १ र २ तपेश्वरीको तल्लो तटिय क्षेत्रका झण्डै २ हजार घर डुवानमा परेका छन

 


गाईघाट ७ साउन । रातो तारा डट कम,दुई दिन देखिको अबिरल बर्षाको कारण उदयपुरको बेलका नगरपालिका वडा न १ र २ तपेश्वरीको तल्लो तटिय  क्षेत्रका झण्डै २ हजार घर डुवानमा परेकाछन । बर्षेनी सो क्षेत्रमा बाढी ले खेती योग्य जमिन कटान र बस्ती डुवानमा पार्दै आएको भएपनि बुधबार देखी परेको अबिरल बर्षाको कारण त्रियुगा र सप्तकोशीको पश्चिम भङगालो मा आएको बाढी गाउमा पसेपछि बस्ती डुवानमा परेको हो ।
 
बाढी गाउमा पसेपछि गाउलेहरु आतङकित बनेकाछन । तपेश्वरीे पुर्व दक्षिण भेगको तटिय क्षेत्रका बासिन्दाहरु बर्षेनी बाढी र जमिन कटानको समस्या  बाट प्रभाबित हुदै आएकाछन । गाउ डुवानमा परेपछि बस्तीमा पसेको भेलले खेती योग्य जमिन र धान खेती लाई नष्ट गरेको वडा न १ का वडा अधक्ष्य दिनेश चौधरीले बताए । उनले दुई दिन देखी परेको मुसलधारे बर्षा को कारण सप्तकोशीको पश्चिमी भङगालोमा पानिको सतह निकै बढेको कारण त्रियुगा नदी थुनिएको बताए । नदि थुनिए पछि बाढि सिधै गाउ बस्तीमा  पसेको कारण पुरै गाउ डुवानमा परेको उनले बताए । “आज दिन भरी बर्षा भएको छैन ।

 त्यसैले पानीको सतह घटेको कारण जोखिम बढेको छैन ।” उनले भने । राती फेरी पानि पर्यो भने जोखिम बढ्न सक्छ । तपेश्वरीे लाई सप्तकोशी र त्रियुगा नदी अभिशाप बन्ने गरेको छ । नदी नियन्त्ररणको लागी दिर्घकालिन गुरु योजन बने पनि कार्यन्वयन हुन नसक्दा बर्षेनी त्रियुगा र सप्तकोशीले ठुलो क्षती पु¥याउदै आएको छ । “गुरु योजना बनेको झण्डै ५ बर्ष भैसक्यो तर अझै काम हुन सकेको छैन ।” 

तपेश्वरीका समाजसेवी असोक कार्किले भने । “त्रियुगा र सप्तकोशीले सबै भन्दा बढी तपेश्वरीमा क्षती पु¥याउदै आएको छ ।” तर नदी नियन्त्रण अझै हुन सकेको  छैन । कार्किले भने । गत बर्ष पनि गाउ बस्ती बाढीले डुवानमा पारेर ठुलो क्षती पु¥याएको उनले बताए । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.