Websoft University

वीपी प्रतिष्ठानमा दिनहु नारा जुलुुस, उपकुलपति घेरावन्दीमा

 

सुनसरी धरान असार ९ गते । रातो तारा डट कम,वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भित्र मौलाएको आर्थिक, शैक्षिक अनियमितताको विरुद्धमा गत हप्ता देखि स्थानिय नागरीक सन्जाल र  कर्मचारी विधार्थी र चिकित्सक हरुले  दिनहु नारा जुलुुस गरेर दवाव वढाउन थालेका पछि प्रतिष्ठान प्रशासन वार्तामा आउन वाध्य भएको छ ।  


१५ महिना अधि उपकुलपति भएर आएका डा ज्ञानेन्द्र गिरी ले कोभिड महामारीको वेला प्रतिष्ठानमा  भएका अक्सिजन प्लान्ट लगायतका मेशिनहरुलाई सन्चालन गर्न नसक्दा दर्जनौ विरामीको ज्यान जानुको साथै दर्जनौ विरामीहरुले दुख पाएको  भन्दै उनको विरोधमा सिडियो देखि स्थानिय राजनीतिक दल नागरीक समाजहरु समेत रुष्ट भएका थिए । तर उनीहरुको गुनासोलाई समेत वास्ता नगर्न थाले पछि धरानका राजनीतिक दल र नागरीक समाजका प्रतिनिधीहरुले एक नागरीक दवाव सन्जाल नै गठन गरेर ७ वुदे माग पत्र उपकुलपतिलाई वुझाएका थिए । 

प्रतिष्ठान भित्र मौलाएको  अनियमितता, अव्यवस्थापनलाई सुधार्ने विषयमा दिएको सो ७ वुदे मागहरु ७ दिन भित्र पुरा गर्न अल्टिमेटम दिएका थिए । तर आज १५ दिन भई सक्दा पनि सो माग पुरा गर्नु को सट्रा भीसी गिरी काठमाण्डौ गएर वसेका छन ।  यता नागरीक सन्जालको भन्दा चर्को  नारावाजी गर्दै आएका प्रतिष्ठान को चिकित्सक, विधार्थी र नर्सहरुले भने आफनो आन्दोलन जारी राख्दै वार्ताको टेवलमा पनि वसेका छन ।

चिकित्सकहरु कसरी भडकिए ?

प्रतिष्ठान भित्र भएको अनियमितिताको विषयमा फयाकल्टी वेलफेयर सोसाईटीका अध्यक्ष डा विष्णु पोख्र्ेलले अख्तियारका प्रमुखलाई एसएमएस गरेका थिए भने अरु हरुलाई पनि पठाउन अनुरोध गरेका थिए । सोहि विषयलाई लिएर उपकुलपति गिरीले उनलाई जेठ ३० गते स्पष्टिकरण सोधेका थिए । स्पष्टिकरण पत्रमा प्रतिष्ठानको नियमावलीमा उल्ल्ोखित आचारसहिता विपरीत कार्य गरेकोमा  तपाईलाई कार्वाहि किन नगर्ने भन्दै ३ दिन भित्र स्पष्टिकरण  दिन पत्राचार गरेको थियो । 

सो पत्र पाए पछि अनियमितताको विरोधमा पनि वोल्न नपाउनु भन्दै फयाकल्टीका चिकित्सिक जेआर र विधार्थी नर्सहरु आन्दोलित वन्न पुगेका थिए ।  “आफुहरुले प्रतिष्ठान भित्र भएका अनियमितताको विषयमा कुरा उठाउदा भिसीले दवाउन खोज्छ भने अव हामी चुप लागेर वस्नेवाला छैनौ प्रतिष्ठानमा सुधार नआउन्जेल हाम्रो आन्दोलन जारी रहन्छ ” भन्छन जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीका उपाध्यक्ष डा पदम नेपाली । 

प्रतिष्ठान भित्र हुने अनियमितताको विरोधमा वोल्दै आएका फयाकल्टी  वेलफेयरका अध्यक्ष पोख्रेल आफुलाई भीसीले स्पष्टीकरण सोध्न सक्छ तर उसलाई लाखौ जनता,नागरीक समाज चिकित्सक विधार्थी कर्मचारीहरुले किन भ्रष्टचार अनियमितता गरीन्छ  जसको कारण विरामी मारीन्छ यसको जवाफ दे भन्दा किन दिन सक्नु हुन्न ? अनि यहि सवाल हामीले उठाउदा हामीलाई चाहि किन स्पष्टिकरण ?  

पोखे्रललाई स्पष्टिकरण सोधेको दिन देखि दिनहु उपकुलपतिको कार्यालय अगाडि नाराजुलुस र धर्ना दिने कार्यक्रम भईरहेको छ । छातिमा विभिन्न नारा लेखिएको प्लेकार्ड वोकेर दुई पटक चिकित्सकहरुले धरान नगर परीक्रमा समेत गरी सकेका  छन । हाल आन्दोलित चिकित्सकहरु लाई हालै धरानमा गठन भएको नागरीक दवाव सन्जाल लगायत प्रतिष्ठानकै नर्स विधार्थी कर्मचारीहरुको पनि सहयोग समर्थन प्राप्त हुन थालेको कुरा जुनियर रेसिडेन्ट वेलफेयर साासाइटीका उपाध्यक्ष डा पदम नेपाली वताउछन ।  

उपकुलपती सग “प्राध्यापक” को सर्टिफिकेट मागे 

आर्थिक अनियमितताले प्रतिष्ठान जर्जर वन्न पुगेको विषय उठिरहेको वेला हाल आन्दोलनरत चिकित्सक विधार्थीहरुले भने उपकुलपति डा गिरिको प्राध्यापक पद माथी नै प्रश्न उठाउन थालेका छन । उनी माथी कुनै पनि विश्वविधालयवाट प्राध्यापक उपाधी नै नपाई प्राध्यापक डाक्टर लेख्ने गरेको आरोप लाग्ने गरेको छ ।  प्रतिष्ठानका उपकुलपति हुनको लागी  अनिवार्यरुपमा प्राध्यापक उपाधी प्राप्त गरेको व्यतिm हुनु पर्दछ । तर डा गिरीले हाल सम्म कुन विश्वविधालयवाट कहिले प्राध्यापकको उपाधी पाएका हुन सर्टिफिकेट देखाउन आन्दोलनरत चिकित्सकहरुले चुनौति दिएका छन ।  गत वुधवार विहान धरान नगरमा निकालिएको जुलुसमा आन्दोलनकारी चिकित्सकहरुले छातिमा यहि प्रश्न गरेको पोष्टर वोकेका थिए । 

उनीहरुले डा गिरीले कुन कुन शोधपत्रहरु कुन कुन जर्नलमा कहिले कहिले प्रकाशित भएको छ ?भनि थप प्रश्न तेस्र्याएका छन ।  तर डा गिरीले भने आफु यहाको जस्तो झोले प्राध्यापक नभएर अमेरीकामा भिजिटिङ्ग प्रोफेसर भएर काम गरेको वताउदै आएका छन । चिकित्सा शिक्षा आयोगले प्रतिष्ठानका उपकुलपतिको भागमा परेको ३ वटा विधार्थीको सिट दिने प्रावधान रहेको छ । सोहि अनुसार उपकुलपति डा गिरीले आफु प्राध्यापक  डाक्टर नै भएको भन्दै मेडिसिन विभागमा तीन विधार्थीका लागि सिट माग गरेका थिए । 

तर आयोगले उनी प्राध्यापक भएको मागदावी प्रति नै शंका गरी सिट नदिए पछि प्रतिष्ठान भित्रै ठुलो हल्लीखल्ली मच्चिएको छ । आयोगले उपकुलपति गिरीले प्राध्यापक भएको कुनै आधिकारीक कागजात उपलव्ध गराउन नसकेकोले उतm सिट नदिएको श्रोतको  दावी छ ।कोशि अन्चल अस्पतालमा मेडिकल सुपरीटेण््डेन्ट सम्म भएका  डा गिरी कसरी प्राध्यापक भए भनि उनका समकालिन चिकित्सकहरु पनि अनभिज्ञ रहेको वताउछन ।  

पुर्व स्वास्थ्य मन्त्री भानुभतm ढकालको विशेष सहयोगमा उपकुलपति भएका डा गिरीले आफनो नामको अगाडि लेख्ने गरेका प्राध्यापकको पगरीको वारेमा अहिले सम्म कसैले प्रश्न उठाएका थिएनन । तर जव उनले प्रतिष्ठानका चिकित्सक विष्णु पोख्रेलले भष्टाचारको कुरा उठाउदा स्पष्टिकरण सोध्न चिठि काटे तव देखि उनको सर्टिफिकेटको कुरा पनि सार्वजनिक भएको हो । यदि डा गिरीले साच्चिकै उतm पदको दुरुपयोग गर्दै आएको सहि ठहरे भ्रष्टचार निवारण ऐन ले कीर्ते जालसाजी गरेर र्साजनिक पद धारण गरे एकवर्ष देखि दुई वर्ष सम्म कैद र ५० हजार  देखि एक लाख सम्म जरीमाना गराउने प्रावधान रहेको छ । 

आन्दोलनकारी र  पदाधिकारी वीच वार्ता 

शनिवार आन्दोलनकारी पक्ष र प्रतिष्ठानका पदाधिकारी वीच पहिलो वार्ता भएको छ । उपकुलपति काठमाण्डौ गएका कारण निमित उपकुलपतिको हैसियतले शिक्षाध्यक्ष प्राडा गुरु खनाल, अस्पताल निर्देशक प्राडा गौरी शंकर शाह लगायतका पदाधिकारी र आन्दोलनकारीको प्रतिनिधीहरु भएको वार्ता सकरात्मक भएको वताए । प्रतिष्ठानको व्यवस्थापन पक्षलाई सुधार गर्दै चिकित्सक कर्मचारीहरुको वडेको तलव सुविधा दिने कुरा भएको वार्ताका सहभागिहरुले वताए । 

 तर नागरीक दवाव सन्जाल धरानका सयोजक राजेन्द शर्मा भने ”जव सम्म प्रधानमन्त्री स्वास्थ्य मन्त्रीहरुले उपकुलपतिको नियुतिmमा पैसा लिने चलन छाडदैन तव सम्म यो चलिरहन्छ । यसो नगर्न हामीले ज्ञापन मार्फत ध्यानाकर्षण त गरायौ  तर कतिको सुन्ने हो शंकै लाग्छ ”भन्छन । नागरीक सन्जालका एक सदस्य भने जव सम्म अख्तियारले यहाका भ्रष्टचारीहरुलाई जेल सजाय गराउन सक्दैन तव सम्म यहा भ्रष्टचार हटदैन भन्छन । उनको तर्क छ यहाभएका भ्रष्टचारीहरुलाई अख्तियारले कहिले कार्वाहि गरेन वरु उल्छै आयुतmहरुले पैसाको वार्गेनिड गरेर करौडौ कमाएका छन । तर एक जना लाई पनि कार्वाहिमा हालेका छैनन ।     


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.