Websoft University

कपिलवस्तु--कुटपिट गरि मारी लास पोखरीमा फाल्ने पक्राउ


काठमाडौ असार ९ गते । रसतो तारा डट कम,कर्तव्य ज्यान घटनाको विवरण असार ७ गते  जिल्ला कपिलवस्तु कपिलवस्तु नगरपालिका वार्ड नं।८ पुर्व डिह बेलौहवा स्थित आठ नंवरी गड्डा (सरकारी जग्गा) मा अवस्थित पोखरी भित्र ऐ।ऐ वस्ने बर्ष १८ को बिजय बहादुर कुर्मीको लाश मृत अवस्थामा फेला परेको लाश सम्बन्धमा तत्कालै प्राविधीक सहित आवश्यक अध्ययन गरी उक्त घटना सम्बन्धी अनुसन्धान गर्दै जाँदा मृतक बिजय बहादुर कुर्मीको स्वभाविक मृत्यु नभएको साथै निज मृतकको निम्न वतन भएकी बास्मती काहारसँग अनैतिक सम्बन्ध रहेको खुल्न आएको ।

सोही बिषयलाई लिएर निजका श्रीमान अनिल काहार समेतले करिव १ महिना पहिले निज  बिजय बहादुर कुर्मीलाई कुटपिट गरेको । असार ३ गते अनिल काहार छिमेकीको विवाहमा गएको बखत मिति २०७८।०३।०४ गते बिहान अं १र बजेको समयमा बास्मती काहारको श्रीमान अनिल काहार बिवाहबाट फर्केर घरमा आऊँदा निज बिजय बहादुर कुर्मीलाई आफ्नो घरकोठामा देखेपछी अनिल काहार ,रमेश काहार र बास्मती काहार समेतको मिलेमतोमा नीजलाई कुटपिट गरेका थिए ।

कुटपिट गरि मारी सकेपछी त्यहाँबाट मृतकको लाशलाई उठाई लाश फेला परेको स्थान (पोखरीमा) फाली दिएका भन्ने कुरा प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको हो । साथै मृतक बिजय बहादुर कुर्मीलाई आफ्नै कोठाभित्र नीजहरुले मृतकले घाँटीमा लगाएको माला(मोटो धागोको मालाले) कसेर, कुटपिट गरेर मारेपश्चात लाश दवाउनका लागी पोखरीमा फालेको भनि प्रारम्भिक अनुसन्धानबाट खुल्न आएकोछ ।  प्रतिवादीहरू रमेश काहार,अनिल काहार र बास्मती काहार भई कर्तव्य गरी मारेका हुँदा निजहरुलाई पक्राउ गरी आवश्यक थप अनुसन्धान भैरहेको प्रहरीले  जनाएको छ ।   
 निम्न :--

जिल्ला कपिलवस्तु कपिलवस्तु नगरपालिका वार्डनं.८ बेलौहवा बस्ने अनुप काहारको छोरा बर्ष ३२ को रमेशकाहार ।

ऐ।ऐ। बस्ने ऐ को छोरा बर्ष २३ को अनिल काहार ।

ऐ।ऐ।बस्ने अनिल काहारको श्रीमती बर्ष २२ की 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.