Websoft University

गाइघाट बजार क्षेत्रमा भिडभाड बड्यो

 


गाईघाट २३ जेष्ठ । रातो ताा डट कम,बैक तथा बित्तिय संघसस्था सातामा तिन दिन खुल्न थालेपछि आईतबार देखि बजार क्षेत्रमा भिडभाड बढेको छ । कोरोना संक्रमित र मृत्यु दर नघटि रहेको अबस्थामा जिल्ला कोभिड संकट ब्यबस्थापन समितिले गरेको यस्तो निर्णयले अझ कोरोना जोखिम बढेकोछ । 

स्थानिय प्रशासनले लगाएको निषेधाज्ञा समेत फितलो देखिएको छ । दुई पाङगे्र र चार पाङगे्र सवारी साधन चल्न रोक लगाईएको भएपनि त्यस्ता सवारी साधनहरु बिहानै देखि बजार क्षेत्रमा चलीनै रहेकाछन । मान्छे ओसार पसारमा त्यस्ता सवारी साधनको अत्याधिक प्रयोग भैरहेको छ । अघिल्लो साता देखी जिल्लाको दुर्गम पहाडि भेगमा  कोरोना संक्रमितको संख्या हवात्तै बढ्न्ुमा प्रमुख कारण पनि त्यसलाई  मानिएको छ । वजार क्षेत्रमा स्थानिय प्रहरी प्रशासनको अनुगमन समेत फितलो देखिएको छ । 

बन्द गर्नु पर्ने पसल ब्यवसाय समेत खुलेकाछन। कोभिड ब्यवस्थापन समितिले औषधि , भेटनरी, तरकारी र खाद्धान्न पसल बाहेक अन्य सबै ब्यापार ब्यवसाय बन्द गर्ने निर्णय गरेको छ । तर त्यो निर्णयकाृे ब्यापारीले पुर्ण रुपमा पालना गरेकाछैनन । स्थानिय स्तर बाटै निषेधाज्ञा लाई अझ कडाई गरेर लानु पर्ने माग उठेकोछ । तर स्थानीय प्रशासनले कुनै चासो देखाएको छैन ।“ बैक तथा बित्तिय संघ सस्थाहरु मात्र होईन अब कलेज, बिध्यालय सबै खोल्दा हुन्छ ।” स्थानिय बासिन्दा परशुराम थापाले भने । “बैक मा ओईरीने भिड हेर्दा अब किन अरु संघ सस्थाहरु मात्र बन्द गरीराख्नु ?” उनले भने । अब सबै लाई खुला गरीदिए भैहाल्योनि ।” भिडभाड बाट कोरोना संक्रमण फैलने भएकै कारण भिडभाड हुने संघ सस्था सबै बन्द गरिएको हो । ”

 उनले भने । अब कुनै परवाह नगर्ने हो भने बिध्यालय र शैक्षिक संस्थाहरु बन्द गरीराख्नुको कुनै औचित्य नरहेको उनले बताए । जिल्लाको बढ्दो  संक्रमण  दरलाई हेर्ने हो भने जारी निषेधाज्ञा लाई अझ कडा बनाएर लानु पर्ने नागरिक अधिकारकर्मी सुमन परीयारले बताए । “अहिले संक्रमण दर घटेको छैन । बरु दिनहु बढ्रिेको छ । ”उनले बताए । जिल्लामा पछिल्लो २४ घण्टामा ५९ जना नया संक्रमित थपिएकाछन  भने ३ जनाको कोरोना संक्रमण बाट मृत्यु भएको छ । एन्टीजिन बाट १८५ जनामा गरिएको परिक्षण बाट ५९ जनामा पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताए । कोरोना बाट अहिले सम्म मर्नेको संख्या ४२ पुगेकोछ । 

 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.