Websoft University

चोरी भएको मोटरसाईकल सहित चोरीमा संग्लग्न ३ जना पक्राउ

 


मोरङ, जेष्ठ २१ गते ।

मोटरसाईकल चोरीको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ईटहरी उप-महानगरपालिका-२ का ४० बर्षीय सुवास चन्द्र राई, ईटहरी २० का ३८ बर्षीय बलराम गुरुङ र ईटहरी १३ का २६ बर्षिय राजेश मेहेता रहेका छन् । जेष्ठ १२ गते मोरङको सुन्दरहरैचा नगरपालिका-४ बाट गजेन्द्र राईको नाममा रहेको प्रदेश-१-०५-००१ प.००६१ न.को NS-200 cc को मोटरसाईकल हराएको भनी जानकारी पाए लगत्तै अनुसन्धान तथा खोजतलासमा खटिएको प्रहरी टोलीले उनीहरुलाई ईटहरीको खनारबाट चोरी भएको मोटरसाईकल सहित २० गते बिहिवार राती १० बजे पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धानगरिरहेकोछ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.