Websoft University

नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाथुराम गोड्सेको आवश्यकता परेको भने पछि चौतर्फि बिरोध हुन थालेकोछ ।


काठमाण्डौ जेठ २९ गते । रातो तारा डट कम, नेपाली काँग्रेसको तर्फबाट वाग्मती प्रदेश सभा सदस्य बन्नुभएका नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दिएको अविव्यक्ति विवादित बनेको छ । वैद्यले हिजो प्रदेशसभाको बैठकमा प्रधानमन्त्री ओलीविरुद्ध नाथुराम गोड्सेको आवश्यकता परेको बताउनुभएको थियो । 

गोड्सेले महात्मा गान्धीको गोली हानी हत्या गरेका थिए । वैद्यले यस्तो अभिव्यक्ति दिए पनि प्रदेशसभामा कसैले नियमापत्ती जनाएन भने सभामुखले पनि रोकेनन् । वैद्यको यस्तो अभिव्यक्तिको चौतर्फी विरोध भएको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले वैद्यले संसदमा संयमता गुमाएको टिप्पणी गर्दै आत्मालोचना गर्न निर्देशन दिनुभएको छ । 

वैद्य काठमाडौं क्षेत्र नम्बर ४ (क) बाट बाग्मती प्रदेशसभामा काँग्रेसबाट निर्वाचित सांसद हुनुहुन्छ । काँग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले पनि बैद्यले वागमती प्रदेशशभामा दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ । आलोचना गर्दा राख्नुपर्ने संयम, परिपक्वता र पार्टीको निति विपरीतको अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न सामाजिक सञ्जाल ट्विटरमार्फत बानियाँले भन्नुभएको छ । 




 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.