Websoft University

पेस्तोल र राईफलको गोली सहित २ जना पक्राउ

 


मोरङ, जेष्ठ २६ गते । रातो तारा डट कम, मोरङको केरावारी गाउँपालिका-९ देवीझोडाबाट पेस्तोल र राईफलको गोली सहित २ जना पक्राउ परेका छन् । बिषेश सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले स्थानीय ५१ बर्षीय गणेश लिम्बु र बेलवारी नगरपालिका-२ लालभित्तिका ४१ बर्षीय पदम कुमार लिम्बुलाई मंगलवार अपरान्ह साँढे ५ बजे पक्राउ गरेको हो । प्रहरीले गणेश लिम्बुको घरबाट १ थान कटुवा पेस्तोल, ३०३ राईफलको गोली ५ थान, गोली लोड गर्ने चाँचर २ थान र पेस्तोलको गोली १ थान बरामद गरेको थियो । यसैगरी निजकै घरमा पार्किङ गरी राखिएको पदम कुमार लिम्बुको नाममा रहेको को १ च ८३८६ नम्बरको कारबाट धारिलो हतियार खुकुरी १ थान र चक्कु १ थान बरामद भएको थियो । हातहतियार र गोली सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.