Websoft University

कोरोना संक्रमित को संख्या घटन थाले संगै उदयपुरमा निषेधाज्ञा लाई खुकुलो बनाउदै १ साता म्याद थपियो

 


गाईघाट ७ असार। रातो तारा डट कम,कोरोना संक्रमित को संख्या घटन थाले संगै उदयपुरमा निषेधाज्ञा लाई खुकुलो बनाउदै मंगलबार देखी एक साताको लागी थप गरिएको छ । जिल्ला कोभिड ब्यबस्थापन समितीको बैठकले असार १५ गते  सम्म निषेधाज्ञा जारी राख्दै ब्यापार ,ब्यावसाय उधोग , कलकारखाना बिहान ६ वजे देखी बेलुका ६ बजे सम्म खुल्न दिने निर्णय गरेको हो । यस अघि बिहान ७ वजे देखि १२ वजे सम्म किराना पसल मात्र खुल्दै आएको थियो । अब सामाजिक दुरी कायम गर्दै स्वास्थ्य मापदण्ड पुरा गरी सबै पसल खुल्न दिने निर्णय भएको त्रियुगा उधोग बाणिज्य संघ गाईघाटका प्रथम उपाध्यक्ष रमेश रसाइलि ले भने । उनले मंगलबार देखि बैक ,बिक्तिय संस्थाहरु दुई पाङगे्र सवारी साधनहरु पनि सुरक्षा सर्तकता अपनाएर चल्न दिने निर्णय भएको बताए । सार्बजनिक यातायात ,सैलुन , स्वीमिङपुल , पार्टि प्यालेर्स , र ब्युटिपालर भने खोल् न नपाईने उनले बताए । “अब निषेधाज्ञालाई बिस्तारै खुकुलो पार्दै लाने योजना अनुरुप पसल ,ब्यापार ब्याबसाय खोल्ने समय बढाइएको हो ।”प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईले भने । कोरोना संक्रमित दर बिस्तारै घटदै गईरहेको ले निषेधाज्ञा खुकुलो पार्न लागीएको उनले बताए । जिल्लामा कोरोना संक्रमण बाट अहिले सम्म ५२ जनाको मृत्यु भएको छ भने संक्रमित को संख्या १ हजार ९सय ३७पुगेकोछ ।  


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.