Websoft University

नुवाकोट जिल्ला अस्पताल त्रिशूलीलाई उपकरण खरिदका लागि रकम प्रदान


काठमाण्डौ असार ४ गते । रातो तारा डट कम,कोभिड–१९ को सङ्क्रमण न्यूनीकरणका लागि नुवाकोट जिल्ला अस्पताल त्रिशूलीलाई उपकरण खरिदका लागि रकम प्रदान गरिएको छ । नुवाकोट, रसुवा र धादिङका उत्तरी भेगका सर्वसाधारणको उपचार हुदै आएको त्रिशूली अस्पतालमा कोभिड–१९ को सङ्क्रमण भएकाहरुको उपचार भइरहेको छ । तीन दशक पुरानो विदुर नगरपालिकाले त्रिशूली अस्पताललाई उपकरण खरिदका लागि आर्थिक सहयोग गरेको  हो । हेफर ईन्टरनेसनल नेपालमार्फत फोकस नेपाल धादिङ र सहायता सामाजिक उद्यमी महिला सहकारीबाट विदुर नगरपालिकाको कोभिड–१९ नियन्त्रण र व्यवस्थापनको लागि प्राप्त सात लाख ५० हजार रुपैयाँ अस्पताललाई प्रदान गरिएको मेयर सन्जु पण्डितले जानकारी दिनुभयो । नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा हुन आएको रकम त्रिशूली अस्पताल विकास समितिका अध्यक्ष अर्जुनप्रसाद न्यौपाने र मेडिकल सुपरिटेन्डेन्ट डा. दीपेन्द्र पाण्डेलाई संयुक्त रुपमा हस्तान्तरण गरिएको हो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.