Websoft University

१,७४० संक्रमणमुक्त, ३७१ संक्रमित थपिए

विराटनगर, ४ असार । रातो तारा डट कम,प्रदेश १ मा आज १ हजार ७४० जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ७७७ महिला र ९६३ पुरुष रहेका छन् । मोरङबाट सवैभन्दा बढी ६८३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५४ हजार ११३ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ३७१ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १५२, सुनसरीमा १०२, झापामा ७२, इलाममा ७, पाँचथर, ते¥हथुम र भोजपुरमा ५–५, संखुवासभामा ४, धनकुटामा २, ताप्लेजुङ र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका १५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । 

मोरङको विराटनगरमा ७८, बेलबारीमा २७, पथरीशनिश्चरेमा ११, सुन्दरहरैचा र उर्लाबारीमा ७–७, बुढीगंगामा ५, सुनबर्षी र कटहरीमा ४–४, केराबरी र रतुवामाईमा २–२, ग्रामथान, जहदा, लेटाङ, मिक्लाजुङ र रंगेलीमा १–१, सुनसरीको धरानमा २९, इटहरीमा २८, बराहक्षेत्रमा २२, दुहवी र रामधुनीमा ६–६, गढीमा ४, इनरुवामा ३, बर्जुमा २, हरिनगर र भोक्राहामा १–१, झापाको विर्तामोड र मेचीनगरमा १६–१६, भद्रपुरमा १४, कनकाईमा ९, दमकमा ७, गौरादहमा ५, अर्जुनधारामा ३, हल्दिबारी र बुद्धशान्तिमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको  छ ।

त्यसैगरि इलामको इलाम नगरपालिका र सुर्योदयमा २–२, माई, चुलाचुली र रोङमा १–१, पाँचथरको हिलिहाङमा १ र स्थानीय तह नखुलेका ४, ते¥हथुमको म्याङलुङमा ३ र स्थानीय तह नखुलेका २, भोजपुरको भोजपुर नगरपालिकामा ३ र अरुणमा २, संखुवासभाको सभापोखरी र चैनपुरमा २–२, धनकुटाको छथर र चौविसेमा १–१, ताप्लेजुङको फुङलिङ र उदयपुरको त्रियुगामा १–१ र प्रदेश १ बाहिरका १५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । 

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६७ हजार ५९९ पुगेको छ । सक्रिय संक्रमितका संख्या १२ हजार ४०२ रहेको छ । प्रदेश १ मा आज १ हजार १७१ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १७६ महिला र १९५ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।   


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.