Websoft University

जनप्रतिनिधिहरुको घर तोडफोडमा संलग्न रहेको आरोपमा प्रहरीले ३२ जना बिरुद्ध मुद्दा चलायो


गाईघाट १८ जेष्ठ । रातो तारा डट कम,कटारी नगरपालिकाका जनप्रतिनिधिहरुको घर तोडफोडमा संलग्न रहेको आरोपमा प्रहरीले ३२ जना बिरुद्ध “अपराध उपद्रव” अन्र्तगत मुद्धा चलाएकोछ । सार्बजनिक जग्गामा बनाईएको घर टहरा नगरपालिकाले डोजर लगाएर भत्काएको बिरोधमा आन्दोलित सुकुम्वासिले नगरप्रमुख ज्ञानेन्द्र श्रेष्ठ , उप प्रमुख भिम कुमारी राउत , वडा अधक्ष्य र कर्मचारी ओम मिश्रको घर तोडफोड गर्दा झण्डै डेढ करोड बढीको क्षति भएको थियो । घर, सवारी साधनमा क्षति हुने गरी भएको उक्त आन्दोलनमा प्रमुख भुमिका निर्वाह गर्ने बिरुद्ध मुद्धा चलाईएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपि हेमन्त भण्डारीले बताए । अहिले ६ जना लाई पका्रउ गरी हिरासतमा राखीएको छ  भने फरार रहेका अन्य ब्यक्तिको खोजिभैरहेको उनले बताए । प्रहरीले निर्दोष ब्यक्ति लाई पका्रउ गरी झुटा मुद्धा लगाएकोमा नेपाली कागे्रस, नेकपा (माओवादी ),जनता समाजवादी पार्टि कटारी नगरपालिकाले सोमबार वीज्ञप्ती जारी गर्दै बिरोध जनाएकोछ ।  त्यसैगरी कटारी नगरपालिकाले भने सार्बजनिक जग्गाको संरक्षण गर्ने नीति अनुरुप भुमाफियाले कब्जा गरेको जग्गा खाली गर्ने क्रममा केही  घर भत्काउनु परेको जनाएको छ । नगरपालिकाको स्वामित्वमा रहेको २ विगाहा ७ कठ्ठा  जमिन भुमाफियाले हडप्न खोजेकोले त्यसको बिरोध गर्हा जनप्रतिनिधिहरुको घर सवारी साधन तोडफोड भएको जनाएको छ । गत जेष्ठ ५ गते नगर प्रमुख सहितको घर तोडफोड भएको थियो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.