Websoft University

गाईघाटमा पसल अनुगमन, म्याद सकिएका सामान भेटिए

 


गाईघाट १० असार । रातो तारा डट कम,म्याद गुजे्रको अखाद्ध पदार्थ बिक्रि गर्ने दुई ठुला किराना पसल संचालक कार्यवाहिमा परेका छन । सहायक प्रमुख जिल्ला अधिकारी नेतृत्वमा जिल्ला अनुगमन समिति र बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बिराटनगर को संयुक्त टोलिले बिहिबार गरेको अनुगमन को क्रममा म्याद गुजे्रको अखाद्ध पदार्थ बिक्रि गरेर उपभोक्ता ठगी गरेको फेला परेपछि गाईघाट स्थीत पाण्डे किराना पसल लाई तत्काल १० हजार र प्रशान्त किराना पसल लाई २० हजार जरीवाना गराईएको हो ।, सहायक प्रजिअ विनोद पोखरेलले दुई किराना पसलमा म्याद नाघेको अखाद्ध पदार्थ बिक्रि गर्ने गरेको र बिल , विजक समेत नरहेको बताए । उनले वजार क्षेत्रमा गरेको अनुगमनको क्रममा झण्डै १५ हजार मुल्य बराबरको म्याद गुजे्रको सामान जफत गरी नष्ट गरेको बताए । अनुगमनको क्रममा रसवरी (प्याकिङग), बिस्कुट , कुर्मुरे, लेज ,भुजिया र अन्य सामागी्रहरु लाई म्याद सकिएको अबस्थामा ब्यापारीहरुले बिक्रिको लागी राखेको भेटिएको पोखरेलले बताए । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.