Websoft University

बुबाको काजकिरीयामा बसी रहेकी दुई किशोरीको परिवारलाई सहयोग जुटन थाल्यो


श्याम राई-गाईघाट, २९ जेष्ठ । रातो तारा डट कम,बुबाको काजकिरीयामा बसी रहेकी दुई किशोरीको परिवारलाई सहयोग जुटन थालेको छ ।

बुबाको अन्तिम संस्कारमा शब काधमा राखेर घाट पु्याई उनले आफै दागबत्ति दिएपछि चर्चामा आएकी भगवती थापालाई आर्थिक साहायता र सहयोग जुटन थालेको हो । शुक्रबार कटारीस्थीत समावेसी एफएमले नगद र खाद्य सामाग्री उपलब्ध गराएको छ ।

उनको बुबा वल वहादुरको केही दिन अघि मृत्यु भएको थियो । घरको आर्थिक अवस्था निकै कमजोर रहेकोले उनले दैनिक मजदुरी गरेर दुई छोरी र श्रीमती पाल्दै आएका थिए । तर वल वहादुरको केही दिन अघि अचानक मृत्यु भएपछि उनकी श्रीमती र दुई छोरी आर्थिक अभाव हुन थालेपछि सहयोग जुट्न थालेको कटारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताए ।‘ हामीले पनि केही सहयोग गर्ने सोच बनाएका छौ ।’ उनले भने,‘ अब नगर परिषद्बाट उनीहरुको लागि केही सहयोग गर्ने निर्णय गर्न लागेका छौ ।’

१४ वर्षिया भगवती, १२ वर्षिया बैनी र आमा मात्र रहेको थापा परिवारको एक मात्र छोरा ५ वर्ष अघि रोजगारीको लागि भारतको कोईला खानी गएकोमा उनको अहिले सम्म कुनै अत्तोपत्तो छैन । बुबाको मृत्युपछि सबै संस्कार भगवतीले नै गरेकीछिन् । बुबाको शबमा दागबत्ती दिने र १३ दिने काजकिरीयामा आमा र बहिीसँगै उनी बसेकी छिन् ।





       

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.