Websoft University

१नम्बर प्रदेश सरकारले आर्थिक वर्ष २०७८–७९ का लागि ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्यो

 


विराटनगर असार १ गते । रातो तारा डट कम, प्रदेश १ को बजेट  प्रदेशमा आज पेस गरेको छ । प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ३२ अर्ब ४६ करोड ९२ लाखको अनुमानित बजेट प्रस्तुत गरेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङले बजेट प्रस्तुत गर्दै आर्थिक वर्ष २०७८–७९ का लागि ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका हुन् ।

चालु आर्थिक वर्षका लागि सरकारले ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजारको बजेट प्रदेश ल्याएको थियो । तर आगामी आर्थिक वर्षका लागि आठ अर्ब घटाएर बजेट प्रस्तुत गरेको हो ।

चालतर्फ १४ अर्ब १६ करोड १५ लाख अर्थात ४३ दशमलव ६ प्रतिशत र पुँजिगततर्फ १५ अर्ब ५ करोड ३५ लाख अर्थात ४६ दशमलव ३ प्रतिशत विनियोजन गरे ।

स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब २२ करोड ४२ लाख अर्थात १० प्रतिशत तथा वित्तीय व्यवस्थातर्फ ३ अर्ब रहेको छ ।

प्रदेश १ को आर्थिक वृद्धिदर १.१८ प्रतिशतले ऋणात्मक भएको छ । सरकारले अघिल्लो आर्थिक वर्ष ३.४१ प्रतिशत वृद्धि हुने अनुमान गरिएको थियो ।

आर्थिक वर्ष २०७८–७९ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बोहाङले चालु आवमा आर्थिक वृद्धिदर ३.६ प्रतिशत पुग्ने अनुमान गरे ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.