Websoft University

खोला उत्खनन रोक्दा वन र उपमहानगर पालिकका प्रहरी वीच झडप


धरान  जेठ २६ गते । रातो तारा डट कम,न क्षेत्रको खोलावाट धरान उपमहानगर पालिकाले अनधिकृतरुपमा ठेक्का लगाई  ढुगा माटोको उत्खनन गरी विक्री गर्न  गर्न थाले पछि  जिल्ला वन कार्यालय सुनसरी निरीह वन्न पुगेको छ ।  

धरान वरीपरीका सर्दु, सेउती ,सेहेरा खोला भित्र धरान उपमहानगर पालिकाले ढुगा,गिटि वालुका निकाल्न ठेकका लगाए पछि ठेकेदारले खोला उत्खनन गर्न थालेका छन । तर सो क्षेत्र वन क्षेत्रमा पर्ने भएकोले वन विभागको स्विकृत लिएर वातावरण प्रभाव मुल्याकन गर्न वैसाक ९ गते जिल्ला वनले धरान उपमहानगर पालिकालाई पत्र काटे पनि अटेर गरी खोला उत्खनन गरी रहेको छ । आफनो वन क्षेत्रमा जवर्जस्ती उत्खनन हुन थाले पछि वन कार्यालयका ससस्त्र वन प्रहरी ले रोक्न खोज्दा उपमहानगर पालिकाले उल्टै प्रहरी र नगर प्रहरी खटाएर वन प्रहरीलाइ लखेटेका छन । पाथीभरा निर्माण  सेवा इटहरीले ठेक्का सम्झौता गरेर पानवारी सामुदायिक वन भित्र पर्ने सेउती खोलावाट ढुगा गिटि वालुवा निकाल्न थाले पछि डिभिजन वन कार्यालय सुनसरीले हथियारधारी कर्मचारीले रोक्न खोजेका थिए । तर धरान उपमहानगर पालिकाका मेयर तिलक राई आफै प्रहरी र नगर प्रहरी लिएर खोलामा पुगेर आफनो कर्मचारीहरुलाई लखेटेर उत्खनन कार्य जारी राखेको कुरा सुनसरी जिल्ला वनका डिएफओ दानवहादुर श्रेष्ठले वताए । यो वन क्षेत्र हो आईई गरेर वनको स्विकृति वेगर उत्खनन गर्न पाईन्दैन भन्दा नगर प्रमुख राईले यो आफनो क्षेत्र भित्र पर्ने भएकोले नगर प्रहरीहरुलाई लाठि चार्ज गरेर भए पनि उत्खनन कार्य जारी राख्न निर्देशन दिएका छन भनि वन अधिकृत वताउछन ।  वन कार्यलयका कर्मचारी भन्दा दोव्वर प्रहरी र नगर प्रहरी परिचालन गरी जवर्जस्ती खोला उत्खनन भई रहेको कुरा सामुदायिक वनका सहसचिव दिशान श्रेष्ठ वताउछन । “ मेयरको यो कस्तो गुण्डागर्दि हो ? वनको नियम कानुनलाई पनि तोडेर उत्खनन भईरहेको छ ।यस्तै पारा हो भनेत यहा वन कार्यालय नवसे पनि भयो ” भन्छन सहसचिव श्रेष्ठ । उत्खनन भएको क्षेत्रमा गत वर्ष पनि खोलाले व्यापकरुपमा वन क्षेत्र र सुकुम्वासी जनता वसेको क्षेत्रमा कटान गर्न थाले पछि ठेक्का वाट उठेको पैसा वाट तटवन्ध गर्नु पर्ने हाम्रो माग थियो तर त्यो पनि सुनुवाई  नभएको श्रेष्ठ वताउछन । गत वर्ष पनि अनुमति दिएको भन्दा ११ सय मिटर भन्दा वढि क्षेत्रमा उत्खनन गरीएको थियो । यस सम्वन्धमा मेयर राई सग प्रतिकृया लिन खोज्दा आफुलाई केहि थाहा नभएको भनि पत्रकारहरुवाट पन्छिनु भएको थियो ।  

नेपाली काग्रेसका मेयर राई र उपमेयर मन्जु भण्डारीको सहमतिमा खोलामा उत्खनन भईरहेकोमा स्वयम नेपाली काग्रेसवाट जितेका धरान वार्ड न १,५,१८ का वडाध्यक्षहरु र काग्रेसकै महासमिति सदस्य पर्वत राई,सन्तोष विकहरुले विरोध जनाएका थिए । उनीहरुले सेउती खोलामा उत्खनन भईरहेकोे वेला फिल्मी शैलिमा  गाडि र वाईकमा चडेर ५० जना युवाहरु सहित पुगेका थिए । सो दिन उनीहरुले उत्खनन कार्य रोके पनि भोली पल्ट देखि फेरी शुरु भएको छ । तर के फेरी कसरी उनीहरुले उत्खनन गर्न मेयरलाई दिए भन्ने कुरा चाहि शंकाको विषय भएको छ । तर डिएफओ दानवहादुर श्रेष्ठ भने धरान उपमहानगर पालिका आफैले वन क्षेत्रलाई मास्न उद्धत भएकोमा छक्क परेको वताउछन । हामीले जति भन्दा पनि नियमको उलघन गर्न मेयर उपमेयर लगायत केहि वडाध्यक्षहरु समेत लागेको ले आफुले पनि यस वारेमा सिडियो साव सग सुरक्षाको लागी पत्र दिएको वताए  । अहिले सुनसरीको धरानमा मात्र वन क्षेत्र मास्ने काम व्यापकरुपमा भईरहेकोमा चिन्ता व्यतm गर्दै रोक्न जादा आफनै कर्मचारी लाई प्रतिकार समिति वनाएर लखेटन  थाले पछि आफुहरु निरीह जस्तै वनेको वताउछन ।  

रुख काण्ड वाट मेयर मुतm नहुने 

गत वर्ष धरान २० स्थित भालुढुगा सामुदायिक वन क्षेत्र भित्र आफै पसेर एक थान सखुवाको रुख काटेको अभियोग लागेका  धरानका नगर प्रमुख राइ माथि वन मुद्धा चलिरहेको कुरा वन अधिकृत राजेन्द्र यादवले वताए । उनका अनुसार  आफुले रुख काटेको र एक पटकलाई क्षमा दिनु भनि गाउलेहरु समक्ष माफि मागेको अडियो रेकर्ड वाहिर आएको थियो । अहिले सो दिन आफुले रुख काटन नलगाएको कुरा मेयरले वताउदै आए पनि वन कार्यालयले सो अडियो रेकर्डलाई रुझु गर्न पर्ने भएकोले वनमा उपस्थित हुन मेयर राई लाई पटक पटक पत्र काटेको दुई महिना भयो तर वहा उपस्थित हुन मान्नु भएको छैन । अव पनि अटेर गरेमा वनको नियम अनुसार अदालतको आदेशमा प्रहरी मार्फत भ्वाईस रेकर्ड लिन लगाउने योजना रहेको डिएफओ श्रेष्ठ वताउछन । 

सो रुख काण्डमा मेयरको साथ दिने नेपाली काग्रेसका सदस्य तथा भालुढुगा सामुदायिक वनका कोषाध्यक्ष भिम वस्नेत लाई एक महिना हिरासतमा राखि तारिकमा छाडिएको थियो भने रुख काटने ४ जना मजदुरहरुलाई पनि एक हप्ता थुनामा राखि जमानतमा छाडि मुद्धा चलाईको थियो । मेयरले रुख काटन आफै जगल पसेको भनि सोहि सामुदायिक वनका अध्यक्ष वल वहादुर तामाडले मेयर राई सहित ७ जना विरुद्ध किटानी जाहेरी दिएका थिए । वनले ४ जनालाई तत्कालै पक्राउ गरे पनि मेयर राईलाई भने उतm मुद्धामा सलग्न नभएको भनि तत्कालिन जिल्ला वन डिभिजनका प्रमुख ज्ञान कुमार लामाले वचाएका थिए । तर रुख आफुले गाउमा घर वनाउन काटन लगाएको स्पष्ट पार्दै स्थानीय सामुदायिक वनका पदाधिकारीहरु सामु माफि मागेको मोवाईल रेकर्ड सचारमाध्यममा सार्वजनिक भए पछि भने उनलाई वयानमा वोलाउन वन कार्यालय वाध्य भएको  छ ।                        


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.