Websoft University

लकडाउनको असर पन्छीलाई

 


मोहन कुमार राई÷ जेष्ठ १८ गते । रातो तारा डट कम, संखुवासभाको प्रसिद्ध धार्मिक शक्तिपिठ सिद्धकाली मन्दिर परिसरमा मुलुक लकडाउन भए संगै मन्दिरमा रहेका परेवाहरु मर्ने तथा हराउन थालेका छन् । 

तिब्र रुपमा गाउँ गाउँ सम्म फैलिरहेको कोभिडको कारण सबैतिर लकडाउन भए सँगै  मन्दिरमा नजिक तथा टाढा–टाढा सम्मका भक्तजनहरु पूजापाठ र तीर्थयात्रामा नआउँदा मन्दिरमा रहेका परेवाले चारो खान नपाई मर्नथालेपछि स्थानीय चैनपुर ३, पोखरी निवासी समाजसेवी कमानसिंह अधिकारीले मन्दिरका परेवालाई चारो दिन सुरु गरेका छन । लकडाउनको अवधिभर मन्दिरमा रहेका परेवालाई चारोपानीको व्यवस्था गर्ने अधिकारीले वताउनुभयो । 

मन्दिरमा २ सय बढी परेवा रहेका मन्दिरका पुजारी टंकनाथ महन्तले बताए । पुजारी महन्तका अनुसार एक साता अधिबाट  स्थानीय सरकार चैनपुरले लकडाउन गरेसँगै स्थानीय क्षेत्रका भक्तजनहरु मन्दिर आउन छाडेपछि मन्दिरका परेवालाई  चारोको समस्या अझ बढेको हो । चारोको समस्या वन्दै गए पछि परेवाहरु मन्दिर नजिक रहेका स्थानीयवासीहरुका घरघरमा पुग्ने गरेको स्थानी समाजसेवी कमानसिह अधिकारीले वताउनुभयो । यसरी चारोको लागि परेवा मन्दिर बाहिर जानेगर्दा कतिपय परेवा हराउने गरेको समेत अधिकारी वताउनुहुन्छ ।  


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.