Websoft University

मोटरसाईकल चोरीमा संलग्न ७ जना मोटरसाईकल सहित पक्राउ


बिराटनगर जेठ  २२ गते । रातो तारा डट कम, मोरङसुन्दरहरैचा नगरपालिका वडा नं . ४ बलिया स्थित मिना कुमारी बि।क।को घरमा डेरा गरी बस्ने मदन कुमार चौधरीको नाममा रहेको प्र-१-०५-००१ . ००६१ नं. को रातो कलरको २०० सिसिको ल्क् मोटरसाईकल चोरी भएको सम्बन्धमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले अनुसन्धानको क्रममा उक्त मोटरसाईकल चोरीमा संलग्न निम्न ७ जना मानिसहरू मध्ये जिल्ला सुनसरी ईटहरी महानगरपालिका वडा नं. १३ बस्ने अन्दाजी बर्ष २८ को राजेश मेहताको घरबाट मिति २०७८।०२। २१ गते अन्दाजी ८.०० बजे उक्त मोटरसाईकल फेला पारि निजलाई मोटरसाईकल सहित पक्राउ गर्नुका साथै थप अनुसन्धानको क्रममा उक्त कार्यमा संम्लग्न अन्य निम्न ६ जनालाई समेत मिति २०७८।०२।२१ गते निजहरूको घरबाटै पक्राउ गरी ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान कार्य भई रहेकोछ । 

निम्न :-

पक्राउ मानिसहरू

 ईटहरी उपमहानगरपालिका वडा नं . २० बस्ने बर्ष ३८ कोप बलराम गुरूङ 

ऐऐ वडा न . २ बस्ने बर्ष ३९ को भवेस भन्ने सुवास लिम्बु 

ऐऐ वडा नं ३ बस्ने बर्ष ३० को मचिन राई 

ऐऐ वडा नं ४ बस्ने बर्ष २१ को गोलमोल राई 

 ऐऐ वडा नं ४ बस्ने बर्ष १९ को रोमन परियार 

 ऐऐ वडा नं ४ बस्ने बर्ष २१ को राते भन्ने मनोज परियार 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.