Websoft University

फेरि पनि इन्धनको भाउ बढ्यो


काठमाण्डौ असार १० गते । रातो तारा डट कम,नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ फेरि बढाएको छ । गत जेठ २२ गतेमात्र निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको थियो । निगमले गएरातिबाट लागु हुनेगरी मूल्य समायोजन गरेको जनाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँ मूल्य बढाएकोछ । आन्तरिकतर्फको हवाइ उडानमा निगमले दुई रुपैयाँ बढाएको छ । समायोजित मूल्य अनुसार पेट्रोल अब प्रतिलिटर १ सय २७, डिजेल १ सय १० र आन्तरिक तर्फको हवाइ इन्धनको मूल्य अब ८२ रुपैयाँ पुगेको छ । निगमले अन्तर्राष्ट्रिय उडानतर्फको हवाइ इन्धनमा प्रति किलोलिटर अमेरिकी डलर २० ले बढाएको छ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.