Websoft University

गाडीमा बिहोस भेटिएका चालकको मृत्युु


 विराटनगर जेठ  २५ गते । रातो तारा डट कम, विराटनगर–३ स्थित मुख्यमन्त्री निवास अगाडी गाडीभित्र बेहोस भेटिएका सिंचाई डिभिजन कार्यालय सुनसरीका सवारी चालकको मृत्यु भएको छ ।

प्रदेश १–०४–०००१, झ–०००६ गाडीका चालक उदयपुरको बेलका नगरपालिका घर भई विराटनगरको पुष्पलाल चोकमा डेरा गरि बस्दै आएका ३८ बर्षीय राजु ढकाल आज दिउँसो गाडीभित्र बेहोस अबस्थामा भेटिएका ढकाल अस्पताल र्पुयाउने बित्तिक्कै चिकित्सकले मृत घोषणा गरेका थिए ।

मुख्यमन्त्री निवास अगाडि गाडीभित्र बेहोस अवस्थामा ढकाल फेला परेका थिए । स्थानीयको खबरपछि घटनास्थल पुगेका बरगाछी प्रहरी चौकीको टोलीले ढकाललाई उद्धार गरि विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा र्पुयाएको थियो । अस्पताल र्पुयाउने बित्तिक्कै चिकित्सकले चालक ढकाललाई मृत्यु घोषणा गरेको मोरङ प्रहरीका एस।पी सन्तोष खड्काले बताए । उनले झ्याल र ढोकाका सबै सिसा बन्द गरि गाडीभित्रको सिटमा सुतिरहेको अवस्थामा चालकलाई फेला पारिएको जानकारी दिए ।

सडकको छेउमा रोकेर राखिएको सरकारी गाडीभित्र बेहोस अवस्थामा भेटिएपछि चालकलाई प्रहरीले उद्धार गरेर उपचारका लागि नोबेल शिक्षण अस्पताल पु¥यायो’, एसपी खडकाले भने, ‘अस्पताल र्पुयाए लगत्तै चिकित्सकले चालकलाई मृत घोषणा गरेका हुन ।’

प्रहरीले प्रारम्भिक रुपमा गाडीका सबै ढोका बन्द भएकोले निस्सासिएको वा अन्य केहि सेवन गरेको हुनसक्ने अनुमान गरेको छ । तर, घटनाको भित्री पक्ष भने अहिले नै यकिन भईनसेकोले सुक्ष्म अनुसन्धान सुरु गरिएको बताएको छ । स्थानीयका अनुसार बिहानै ८ बजे गाडी रोकिएको थियो । चालक सिट फोल्ड गरेर सुतेकै अवस्थामै थिए । मुख्यमन्त्रीको निवास अगाडी सरकारी गाडी रोकेर राखिएको भनेपछि खासै याद गरेका थिएनन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.