Websoft University

क्र्याक ब्यान्डेजले घाटीमा बाधी हत्या गर्ने पक्राउ

 


झापा, असार-३ गते । झापा मेचीनगर नगरपालिका ५ का ४० बर्षीय भिमराज लिम्बुको हत्या गरी फरार रहेका सोही स्थानका ५६ बर्षीय सुकराज लिम्बुलाई पक्राउ गरिएको छ । हिजो राती पौने ९ बजे मेचीनगर नगरपालिका ५ ईटाभट्टा अधेरी टोल स्थित ग्राबेल बाटोको छेउमा घाँटीमा कपडाको क्र्याक ब्यान्डेजले बाँधिएको र मुखबाट रगत आइरहेको अवस्थामा  भिमराज मृत अबस्थामा फेला परेका थिए । तत्काल घटनास्थलमा ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरीले उनको हत्या भएको पुष्टी गरे सगै घटनामा संलग्न भई फरार रहेका सुकराजलाई पक्राउ गरेको हो । पक्राउ परेका सुकराजले आपसी झगडा हुदाँ खुट्टामा बाध्ने क्र्याक ब्यान्डेजले मृतकको घाँटीमा बाधी घटना घटाएको अनुसन्धानको क्रममा स्विकार गरेका छन् । उनि उपर थप अनुसन्धान तथा कानुनि कारबाही भईरहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.