Websoft University

चीनबाट आज पनि थप ९९ हजार २ सय डोज खोप आज आउँदै,


काठमाण्डौ जेठ १९ गते । रातो तारा डट कम,चीनले अनुदानमा दिएको मध्ये ९ लाख डोज खोप हिजो काठमाडौं आइपुगेको छ । भने आज ९९ हजार २ सय डोज खोप काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।  हिजो नेपाल एयरलाइन्सको विमानले ८ लाख डोज खोप काठमाडौं ल्याएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीसँग अघिल्लो हप्ता भएको कुराकानीमा चीनका राष्ट्रपति सी जिनपिङले १० लाख डोज खोप अनुदानमा दिने घोषणा गर्नुभएको थियो । तिब्बतले दिने १ लाख डोज खोप पनि नेपाल आइसकेको छ । विकसित देशहरुमा कोरोना बिरुद्धको खोप प्रभाबकारी देखिएसँगै नेपालका नागरिक खोपको पखाईमा रहेका छन् । चीनबाट ल्याईएको खोप ५९ बर्ष देखि ६४ बर्ष उमेर समुहका नागरिकलाई दिइने भएको छ । बाँकी रहेको खण्डमा ४० वर्ष माथिका नागरिक प्राथमिकतामा रहने, स्वास्थ्यले जानकारी गराएकोछ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.