Websoft University

बेलबारीमा कोरोना संक्रमितका घर घरमा अनेरास्ववियु


मोरङ बेलबारी जेठ २३ गते । रातो तारा डट कम,बेलबारी स्थायी बसोबास भइ विभिन्न ठाउँमा अध्ययन गर्ने विद्यार्थीहरुको अगुावाईमा विगत तीन दिन अघिदेखि निरन्तर रुपमा बेलबारीका   कोरोना संक्रमितहरुका घरघरमा पुगेर सेनिटाईजर गर्ने,मास्क वितरण लगायत सेनेटाइजर वितरण गर्ने काम भइरहेको छ।


बेलबारी नगरपालिकासँगको विभिन्न समन्वयमा उनीहरुले नगरपालिकाभित्रका सबै वडामा पुगेर सङ्क्रमितहरुलाई भेटेर स्वास्थ्य अवस्था बुझ्नुका साथै घरमा सेनिटाईजर गर्ने काम गरिरहेका छन्।

 अभियानको तेस्रो दिनसम्ममा आफूहरु १०० भन्दा बढी घरमा पुगेर सहयोग गरेको अभियन्ता शीतल रायले बताइन्। विद्यार्थी नेताहरु बिप्लव पोख्रेल र अनिशा गिरीले सचेत नागरिकले एकअर्कामा समस्या परेको बेला सरकारको मुखमात्र ताक्ने बानीले मानवजातिमा परनिर्भरता वढेकोले सभ्य नागरिकको भूमिका उजागर गर्न र अफ्ट्यारोमा सहयोग पुगोस् भनेर आफूहरु ज्यानको पर्वाह नगरी काम गरिरहेको बताए।

नगरभित्रका ११ वटै वडामा सङ्क्रमितका घरघरमा पुगेर विद्यार्थीहरुले यो कार्यलाई  निरन्तरता  दिई काम गरिरहेका छन।उनीहरुलाई जनप्रतिनिधि युवासंघ र स्थानीय समाजसेवीहरुले समेत सहयोग गर्दै आएका छन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.