Websoft University

लागूऔषध ब्राउन सुगर सहित ४ जना पक्राउ

 


मोरङ, असार-४ गते । रातो तारा डट कम,मोरङको पथरीशनिश्चरे र कानेपोखरीको स्थानबाट लागूऔषध ब्राउन सुगर सहित ४ जनालाई पक्राउ गरिएको छ । आज बिहान साढे ६ बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले पथरी शनिश्चरे नगरपालिका १ सिनेमाहल छेउबाट सोही स्थानका ३५ बर्षीय नारायण परियार र ३२ बर्षीय कृष्ण दर्नाललाई पक्राउ गरिएको हो । प्रहरीले उनिहरुलाई लागूऔषध ब्राउन सुगर १३ ग्राम ८०० मिलिग्राम र तौल गर्ने डिजिटल मेशिन सहित पक्राउ गरेको छ । त्यस्तै हिजो राती साढे १० बजे सोही कार्यालयबाट खटिएको प्रहरी टोलीले कानेपोखरी गाँउपालिका २ का ३१ बर्षीय हर्क बिष्ट र २७ बर्षीय योगेन्द्र निरौलालाई घरबाट लागूऔषध ब्राउन सुगर २ ग्राम ४०० मिलिग्राम सहित पक्राउ गरेको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.